६ चैत्र २०८० मंगलबार
राजनीति

सरिता गिरी पार्टीबाट निष्कासित, सांसद पद पनि गुम्यो

जनता समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुबैबाट हटाएको छ।  लिम्पियाधुरा , कालापानी, लिपुलेक  समावेश गरी जारी गरिएको नयाँ नक्सा अनुसारको निशान छाप परीवर्तन गर्न सरकारले ल्याएको संविधान संसोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। पार्टीले  उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतादान गर्न निर्देशन दिएको थियो। तर गिरीले  उक्त निर्देशन अस्वीरकार गर्दै पार्टी ह्वीप विपररित गएकी थिइन्। मतदानको दिन उनी संसदमा समेत उपस्थित भएकी थिइनन्।  

पार्टी निर्देशन विपरित गएपछि गिरीलाई कारबाही गरिएको समाजवादीका नेता इस्तीयाक राईले बताए। गिरीबारे छानविन गर्न समाजवादीका नेता रामसहाय प्रसाद यादव नेतृत्वको तीन सदस्यीय कार्यदल बनाईको थियो। उक्त कार्यदलले उनलाई संसाद र पार्टीको साधारण सदस्यबाट हटाउन सिफारिस गरेको थियो।  

प्रकाशित: २३ असार २०७७ ११:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App