८ वैशाख २०८१ शनिबार
राजनीति

सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउन सिफारिस

जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पदबाट हटाउन कार्यदलले  सिफारिस गरेको छ। लिम्पियाधुरा , कालापानी, लिपुलेक  समावेश गरी जारी गरिएको नयाँ नक्सा अनुसारको निशान छाप परीवर्तन गर्न सरकारले ल्याएको संविधान संसोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। पार्टीले  उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतादान गर्न निर्देशन दिएको थियो।  तर गिरीले  उक्त निर्देशन अस्वीरकार गर्दै पार्टी ह्वीप विपररित गएकी थिइन्। मतदानको दिन उनी संसदमा समेत उपस्थित भएकी थिइनन्।    

गिरीबारे छानविन गर्न समाजवादीका नेता रामसहाय प्रसाद यादव नेतृत्वको तीन सदस्य कार्यदल बनाईको थियो। उक्त कार्यदलले उनालाई संसाद र पार्टीको साधारण सदस्यबाट हटाउन सिफारिस गरेको हो।  

प्रकाशित: २३ असार २०७७ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App