coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस सभापति देउवा र जसपा नेताहरुबीच भेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुबीच भेट भएको छ। देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा हतारमा संसद अधिवेशन अन्त्य गरिएको विषयमा छलफल भएको थियो।

भेटमा सहभागि जसपा नेता राजेन्द्र महतोका अनुसार हतारमा संसद अधिवेशन अन्त्य गर्नुमा दुवै पार्टीले असन्तुष्टि जनाएका छन्।

'महामारीबाट जनताको अवस्था कठिन छ। तर सरकार कुर्सी बचाउन मात्र लागेकोछ। त्यही मेसोमा संसद अधिवेशन पनि अन्त्य गरियो', महतोले भने, 'देउवाजीले पनि यस विषयमा असन्तुष्टि जनाउनु भयो।' जटिल समयमा हतारमा अधिवेशन अन्त्य गर्दा जनताका कुरा कहाँ राख्ने?'

संसदमा महत्वपूर्ण विधेयकमा छलफल भइरहँदा अधिवेशन अन्त्य गर्दा अन्योलता थपेको देउवाले बताएका थिए।

भेटमा जसपाबाट महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र असोक राई सहभागि थिए।

 

प्रकाशित: २३ असार २०७७ ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App