६ चैत्र २०८० मंगलबार
राजनीति

आफैलाई हटाउने निर्णयमा झुक्याएर हस्ताक्षर गराएको आरोप

रौतहटको एक नगरपालिकाकी उमेयरले आफूलाई योजना तथा अनुगमन समितिको संयोजक पदबाट हटाउने निर्णयमा पनि हस्ताक्षर गरेकी छिन्। रौतहटको गुजरा नगरपालिकाकी उपमेयर रौशन खातुन शेखले आफूलाई कार्यपालिका बोर्डको बैठकमा बहुमतले योजना अनुगमन तथा सिफारिस समितिको संयोजकबाट हटाउने निर्णयमा झुक्याएर सही गराएको आरोप लगाएकी छिन्। निर्णय नसच्याए आफू अदालत जाने चेतावनी पनि दिएकी छिन्।

गुजरा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष पवनराज गिरीले भने उपमेयरलाई अनुगमन तथा सिफारिस समितिको संयोजकबाट बहुमतले हटाएको निर्णय भएको बताएका छन्। योजनाको अनुगमन नगर्ने, काम सम्पन्न भइसकेको योजनाको पनि सिफारिस नगर्ने र सिफारिसमा भेदभाव गरेको बहुमत सदस्यको ठहर भएकोले कार्यपालिका बोर्डले नै हटाउने निर्णय गरेको र त्यसमा उपमेयरले पनि हस्ताक्षर गरेको बताएका छन्।

उपमेयर शेखका श्रीमान् शेख बदरुदिनले पनि कार्यपालिका बोर्डको बैठकमा उपमेयरलाई झुक्याएर सही गराएको आरोप लगाएका छन्। एकैपटक पाँचवटा निर्णय पुस्तिकामा सही गराउँदा सबै निर्णय पढ्न नसकेको र झुक्किएर सही गरेको दाबी शेख बदरुदिनको रहेको छ।

एकैचोटि धेरै निर्णय पुस्तिकामा उपमेयरले सही गर्नु परेकोमा पढ्ने समय नपाएको बताउँदै झुक्याएर सही गराउने काम भएकोले सच्याउनुपर्ने संविधानले दिएको अधिकार प्राप्तिको लागि कानुनले दिएको बाटो अवलम्बन गर्न बाध्य हुने बदरुदिनको भनाइ छ।

 

प्रकाशित: २२ असार २०७७ १०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App