coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपा स्थायी समिति बैठक २४ गतेसम्मलाई स्थगित

फाइल तस्बीर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिती बैठक स्थगित भएको छ। आज बस्ने भनिएको बैठक असार २४ गते पुनः बस्ने गरी स्थगित भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए।  २४ गते बिहान ११ बजे पुनः बस्ने गरी स्थायी समिति बैठक स्थगित भएको उनले जानकारी दिए। 

यसअघि शनिवार बस्ने भनिएको स्थायी समिती बैठक आज बस्ने गरी स्थगित भएको थियो। जारी स्थायी समिती बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि नेकपामा विवाद चुलिएको छ।  

अध्यक्ष प्रचण्ड  र माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद छोड्नुपर्ने माग राखेका छन् भने ओलीले दुबै पद नछोड्न् अडान लिएका छन्।  

पार्टी फुटको सँघारमा पुगेको टिप्पणी भैरहेका बेला दुई ओली र दाहालबीच पनि निरन्तर छलफल भैरहेको छ। तर कुनै निकास भने निस्किन सकेको छैन। यसै विषयमा आइतबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो। दुबै समूहबाट दुई-दुई जना सहयोगीसहित भएको छलफलमा विवाद समाधान गर्न प्रयन्त गर्ने सहमति भएको थियो।

प्रकाशित: २२ असार २०७७ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App