१६ चैत्र २०८० शुक्रबार
राजनीति

नेकपामा संकट गहिरिँदै

केन्द्रीय कमिटी बैठक बोलाउन माग

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद गहिरिँदै गएको छ। विवाद गहिरिँदै गएपछि केन्द्रीय सदस्यले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका छन्। केन्दीय सदस्यले विवाद मिलाएर सम्भावित पार्टी विभाजनको खतरा टार्ने बैठक माग गरेका हुन्। केन्द्रीय कमिटी बैठक बसे विवाद औपचारिक रुपमा त्यहाँ प्रवेश गर्नेछ। देशभरिका नेता–कार्यकर्ताबाट पार्टीमा एकता कायम गर्न दबाब सिर्जना भइरहेका बेला केन्द्रीय सदस्यले पनि बैठक माग गर्दै हस्ताक्षर संकलन अभियान थालेका छन्।

 पार्टी दोस्रो तहका ११ जना नेताले घनश्याम भुसाल नेतृत्वमा सम्भावित विभाजन रोक्न पहल थालेसँगै केन्द्रीय सदस्यले पनि बैठक माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका हुन्। स्थायी कमिटी बैठक चलिरहेका बेला केन्द्रीय सदस्यले बैठक माग गर्दै पार्टी एकताका पक्षमा दबाब बढाउन हस्ताक्षर थालेको बताइएको छ। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग र ओलीले कुनै हालतमा दुवै पद नछाड्ने अडान राखेपछि विवाद चर्किएको छ। 

विवाद बढ्दै गएपछि सहमति खोज्न भन्दै स्थायी कमिटी बैठक स्थगित गरेर शीर्ष नेताहरु छलफलमा जुटेका छन्। तर आइतबार साँझसम्म कुनै सहमति जुट्न सकेको छैन। दुई अध्यक्ष ओली र दाहालबीच आइतबार भएको छलफल पनि निकासमा पुग्न सकेन। दुवै नेता सोमबार पनि छलफल बस्ने भन्दै छुट्टिएका छन्। विवाद बढ्दै गएपछि सहमति खोज्न स्थायी कमिटी बैठक स्थगित गरेर शीर्ष नेताहरू छलफलमा जुटेका छन्। तर आइतबार साँझसम्म कुनै सहमति जुट्न सकेको छैन। 

विवाद बढ्दै गएपछि सहमति खोज्न स्थायी कमिटी बैठक स्थगित गरेर शीर्ष नेताहरू छलफलमा जुटेका छन्। तर आइतबार साँझसम्म कुनै सहमति जुट्न सकेको छैन। दुई अध्यक्षबीच आइतबार भएको छलफल पनि निकासमा पुग्न सकेन। 

दुई अध्यक्षबीच आइतबार भएको छलफल पनि निकासमा पुग्न सकेन। पार्टी एकतामा विचलन आउन नदिन माग राखेर जगन्नाथ खतिवडा, विजय पौडेल, ठाकुर गैरे, हिमाल शर्मा, रामकुमारी झाँक्री कृष्ण केसी, प्रेमलकुमार खनाललगायत नेताले केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका हुन्। ‘नेकपामा कुनै विषयमा स्थायी कमिटीले निर्णय गरे पनि अनुमोदनका लागि केन्द्रीय कमिटी बैठक बोलाउनुपर्छ। स्थायी कमिटी बैठकले निर्णय गर्न सकेन भने पनि केन्द्रीय कमिटीले विवादका विषयमा छलफल गरी निकास दिन सक्छ।

 अब पार्टी जोगाउने निर्णय केन्द्रीय कमिटीले गर्छ’, केन्द्रीय सदस्य गैरेले भने। पार्टी विभाजन कुनै पनि मूल्यमा केन्द्रीय कमिटीलाई स्वीकार्य नहुने भएकाले एकता कायम राख्न बैठक माग गर्दै हस्ताक्षर अभियान चलाइएको गैरेले बताए। पार्टीभित्र देखिएको समस्याले सबै नेता– कार्यकर्ता चिन्तित बनेका छन्। नेकपाको विधानमा एक चौथाइ केन्द्रीय सदस्यले माग गरे बैठक बोलाउनुपर्ने व्यवस्था छ।

 चार सय ४१ सदस्यीय केन्द्रीय समितिमा हाल चार सय ३७ जना छन्। एक चौथाइ पुग्न एक सय १० केन्द्रीय सदस्यको हस्ताक्षर आवश्यक पर्छ। हस्ताक्षरका लागि केन्द्रीय सदस्यले ‘जुम’ बैठकसमेत गरेका छन्। उनीहरुले अहिले काठमाडौंमा नभएका केन्द्रीय सदस्यलाई हस्ताक्षर गरेर पठाउन भनेका छन्। थप रणनीति बनाउँदै ११ नेता पार्टी एकता जोगाइराख्न ११ नेताले थप रणनीति बनाउन आइतबार पनि छलफल गरेका छन्। कृषिमन्त्री भुसाल निवासमा जम्मा भएर उनीहरुले छलफल गरे पनि त्यसको निष्कर्ष सार्वजनिक गरेका छैनन्। 

भुसाल, योगेश भट्टराई, वर्षमान पुन, प्रदीप ज्ञवाली, विष्णु रिमाल, शंकर पोखरेल, टोपबहादुर रायमाझीसहितका ११ नेताले पार्टीलाई विभाजन हुन नदिने रणनीति बनाउन व्यस्त छन्। यो समूहले दुवै अध्यक्षलाई भेटेर पार्टी विभाजन हुने गतिविधि नगर्न सचेत गराएको छ। ‘दुवै अध्यक्ष मिल्नुस् नत्र हामी आफैं खाका ल्याएर भए पनि पार्टी एकता जोगाउनेछौं भन्ने सन्देश दिइएको छ’, ११ जनामध्येका एक नेताले भने। कृषिमन्त्री भुसालले पार्टीमा फुट नआउने विश्वास व्यक्त गरे। सुरुमा चर्को भनाभन, पछि गम्भीर सत्तारुढ नेकपाका दुई अध्यक्ष ओली र दाहालबीच आइतबार दिउँसो भएको भेटमा सुरुमा निकै वादविवाद भयो। 

दुवै अध्यक्ष सहयोगीसहित छलफलमा सहभागी भएका थिए। पार्टीलाई फुटबाट जोगाउन दबाब परेपछि दुवै अध्यक्ष प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा बसेका थिए। ‘सुरुमा आफ्ना भनाइ राख्नेक्रममा उहाँहरू (ओली र दाहाल) बीच निकैबेर चर्को स्वरमा भनाभन भयो। दुवैले मनमा लागेका कुरा पोख्नुभयो। त्यसपछि भएको छलफलमा सहमतिका विन्दु खोज्न दुवै नेता गम्भीर बन्नुभयो। 

भोलि (सोमबार) फेरि बस्ने सहमति साथ आइतबारको छलफल टुंगियो’, सहभागी एक नेताले भने। ती नेताका अनुसार बालुवाटारमा केही समय दुई नेता मात्रै बसेर पनि कुराकानी गरे। दुवै अध्यक्षले विवाद नचर्काउने सहमति गरेका छन्। बालुवाटार छलफलमा पार्टी सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए। ‘दुई अध्यक्षबीच अजेन्डाका विषयमा छलफल भयो। उहाँहरूबीच धेरै विषयमा छलफल भयो। 

भोलि (सोमबार) फेरि विवादका विषयमा केन्द्रित भएर छलफलमा बस्ने सहमति भएको छ’, महासचिव पौडेलले भने। उनका अनुसार दुई अध्यक्षबीचको असमझदारीको दूरी घटाउँदै जाने र निरन्तर छलफलमा बस्ने सहमति पनि भएको छ। दाहालले बालुवाटारबाट फर्किएलगत्तै आफ्नो निवास खुमलटार पुगेका माधव नेपालसहितका नेतालाई ओलीसँग भएको कुराकानीबारे जानकारी गराएका थिए। खोटाङबाट हाम्रा सहकर्मी दमन राईले पठाएको रिपोर्ट अनुसार पार्टीका शीर्ष नेता चरम विवादमा फसिरहेका बेला प्रदेश १ का १४ वटै जिल्ला कमिटीले पार्टीलाई टुटफुटबाट जोगाउन आग्रह गरेका छन्। 

१४ जिल्ला कमिटीले आइतबार मोरङको विराटननगरमा संयुक्त पत्रकार सम्मेलन गरी पार्टीलाई विभाजन हुनबाट रोक्न शीर्ष नेतालाई आग्रह गरेका हुन्। पत्रकार सम्मेलनमा जिल्ला कमिटीका अध्यक्ष र सचिवले विगतमा भएका सहमति, पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको वाचा मनन गरी एकताको मर्म र भावनाअनुरुप विवेकपूर्ण कदम चाल्न शीर्ष नेतृत्वको ध्यानाकर्षण गराए। ‘ आपसी विवादले पार्टीलाई गम्भीर क्षति पु¥याउने र त्यसबाट देश र जनताप्रति गम्भीर धोका हुनेछ,’ पत्रकार सम्मेलनमा उपलब्ध गराइएको संयुक्त विज्ञप्तिमा छ, ‘पार्टीमा टुटफुट र विभाजन आउन नदिन सिंगो नेतृत्व र पार्टीपंक्तिमा हार्दिक अपिल गर्छौं।’

प्रकाशित: २२ असार २०७७ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App