coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा विवाद : विगतका सहमतिलाई आधार बनाएर समझदारी होला ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीमा दूरी नबढाउने सहमति भएको छ।  

प्रधानमन्त्री निवास बालुवाटरमा भएको छलफलमा सहभागि नेकपा महासचिव विष्णु पौडेलका अनुसार दुई अध्यक्षबीच सकारात्मकरुपमा छलफल अघि बढेको छ। सोमबार बस्ने स्थायी समिति बैठक अघि पुन दुई नेताबीच छलफल हुने उनले बताए।

भेटमा सहभागि अर्का नेता तथा उर्जामन्त्री वर्षमान पुनका अनुसार पार्टीमा देखिएको दुरी बढाउने काम रोक्ने विषयमा छलफल भएको छ। 'जहाँसुकैबाट दुरी बढाउने काम भएको छ भने पनि त्यसलाई रोक्ने सहमति भएकोछ', पुनले भने, 'विगतमा भएका समझदारीलाई आधार बनाएर समझदारी खोज्ने विषयमा छलफल भएको छ।। पुन: अध्यक्षद्वय बीच छलफल हुने छ।'  

दुई नेताहरुले आफ्ना सहयोगि  नेतासहित करिव एक घण्टा छलफल गरेका थिए। छलफलमा विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा सहभागि भएका थिए।  

यस अघि दाहाल सहितका नेताहरुले राष्ट्रपति विद्या भण्डारीलाई भेटेका थिए। भेटमा उनीहरुकले प्रधानमन्त्री ओलीका गलत कदममा साथ नदिन राष्ट्रपतिलाई आग्रह गरेका थिए। उनीहरुले राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भएको भन्दै गलत हल्ला गरिएको समेत बताएका थिए।

नेकपाको सोमबार बस्ने स्थायी कमिटी बैठक अघि सहमति निकाल्न नेताहरु प्रयासरत छन्। शुक्रबार पनि दुई अध्याक्षबीच तीन घण्टा लामो छलफल भए पनि सहमति भएको थिएन। ओलीले राजीनामा बाहेकका सबै विषयमा छलफल गर्न सकिने बताउँदै आएका छन् भने स्थायी समितिमा ३० जनाले ओलीको राजीनामा मागेका छन्।

 

 

प्रकाशित: २१ असार २०७७ ०८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App