coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली र दाहालको छलफल सकियो

फाइल तस्बीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल सकिएको छ।  

प्रधानमन्त्री निवास बालुवाटर दुई नेताहरुले आफ्ना सहयोगि दुई/दुई नेतासहित करिव एक घण्टा छलफल गरेका थिए। छलफलमा विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा पनि सहभागि भएका थिए।  

यस अघि दाहाल सहितका नेताहरुले राष्ट्रपति विद्या भण्डारीलाई भेटेका थिए। भेटमा उनीहरुकले प्रधानमन्त्री ओलीका गलत कदममा साथ नदिन राष्ट्रपतिलाई आग्रह गरेका थिए। उनीहरुले राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भएको भन्दै गलत हल्ला गरिएको समेत बताएका थिए।

नेकपाको सोमबार बस्ने स्थायी कमिटी बैठक अघि सहमति निकाल्न नेताहरु प्रयासरत छन्। शुक्रबार पनि दुई अध्याक्षबीच तीन घण्टा लामो छलफल भए पनि सहमति भएको थिएन। ओलीले राजीनामा बाहेकका सबै विषयमा छलफल गर्न सकिने बताउँदै आएका छन् भने स्थायी समितिमा ३० जनाले ओलीको राजीनामा मागेका छन्।

 

 

प्रकाशित: २१ असार २०७७ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App