coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने : म र राष्ट्रपतिविरुद्ध षडयन्त्र भइरहेको छ तपाईहरुको कित्ता क्लीयर गर्नुस्

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री र राज्यमन्त्रीहररुसँग छलफल गरेका छन्। मन्त्रीहरुसँग छलफल गर्नु अघि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।  

शीतल निवास जानु अघि उनले साँझ ७ बजे मन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएक थिए। बालुवाटरमा जम्मा भएका मन्त्री र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले आफ्नो कित्ता क्लीयर गर्न भनेको एक मन्त्रीले बताए।  

नेकपाको स्थायी समिति बैठकमा ३० जनाले प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामा माग गरेका छन्। तर ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षको पदबाट राजीनामा बाहेक सबै विषयमा छलफल हुन सक्ने भन्दै आएका छन्।

ओलीले शनिबार साँझ मन्त्रीहरुलाई आफु र राष्ट्रपतिविरुद्ध षडयन्त्र भएको बताउँदै मन्त्रीहरुलाई आफ्नो कित्ता क्लीयर गर्न भनेको एक मन्त्रीले बताए।  

नेकपाको स्थायी समिति बैठक जारी रहेको भए पनि विवाद बढ्दै जाँदा बेला बेला स्थगित हुँदै बएको छ। बिहीबार पनि प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक चलिरहेकै समयमा मन्त्रिपरिषद बैठक बोलाएर संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। राष्ट्रपतिले त्यसको डेढ घण्टामै संसद अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाएकी थिएन। त्यस अघि अर्का अध्यक्ष पुष्पकमल दाहाल र ओलीबीच स्थायी समिति जारी राख्ने र मन्त्रिपरिषद नबोलाउने सहमति भएको थियो। तर ओली सहमति विपरित गएको दाहालको बुझाई छ।  

प्रधानमनत्रीले बोलाएको बैठकमा मन्त्री घनस्याम भुसाल र वर्षमान पुनले प्रधानमन्त्रीलाई गलत सूचनाको बहकाउमा नलाग्न आग्रह गरेका थिए। अर्का मन्त्री पार्वत गुरुङले भने प्रधानमन्त्रीविरुद्ध षडयन्त्र भएमा संसदीय दलमा बहुमत पुर्याइने बताएका थिए।

करिब १ घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आवश्यक परे खुल खोल्नु पर्ने र आफ्नो कित्ता क्लीयर गर्न भनेका थिए। उनले आफुले पार्टी निर्णय नमान्ने भन्दै षडयन्त्र नगर्न चेतावनी दिएको एक मन्त्रीले बताए।

 

प्रकाशित: २० असार २०७७ १६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App