८ वैशाख २०८१ शनिबार
राजनीति

शीतल निवासबाट फर्किए पछि प्रधानमन्त्रीले गरे मन्त्रीहरूसंग छलफल

राष्ट्रपति र प्रधानमन्त्री बीचको भेटवार्ता सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब एक घन्टा छलफल भएको थियो ।

स्रोतका अनुसार राष्ट्रपतिसँगको छलफल सकिएलगत्तै प्रधानमन्त्री ओली अहिले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूसँग छलफलमा जुटेका छन्।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग के विषयमा कुराकानी गरे भन्ने खुलेको छैन ।  साथै मन्त्रीहरुलाई बालुवाटार बोलाउनुको कारण स्पष्ट नहुँदा पार्टीभित्र र बाहिर अनेक अड्कलबाजी भएका छन् ।

प्रधानमन्त्रीले समसामयिक विषयमा मन्त्री र राज्यमन्त्रीहरूसँग छलफल गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तारुढ नेकपाले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा गर्न भनेर स्थायी कमिटी बैठकमा दबाब दिइएको थियो । 

प्रकाशित: २० असार २०७७ १४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App