coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपा स्थायी कमिटी बैठक स्थगित

फाइल तस्बिर

सत्तरुढ नेकपा स्थायी समिति बैठक असार २२ गते सम्मका लागि स्थगित भएको छ।  २२ गतेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। यसअघि बिहीवार केही समय बसेर स्थगित भएको बैठक शनिवारका लागि बोलाइएको थियो ।  ओली नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको छ।

शुक्रबार दिनभरको छलफलमा शीर्ष नेता तथा दोस्रो पुस्ताका नेता ओलीले नै समाधान निकाल्नुपर्ने, त्यसका लागि पार्टी निर्णय मान्नुपर्ने निष्कर्षमा पुगेका छन्। शुक्रबार दिउँसो दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच भएको छलफलपछि खुमलटारमा शीर्ष नेताहरु छलफलमा जुटेका थिए।

 साँझ अबेरसम्म भएको छलफलमा ओली र दाहालबीच भएको कुराकानीलाई मिहिन ढंगले विश्लेषण गरिएको थियो। पार्टी एकता सग्लो रहने कि नरहने भन्ने विषय अबको दिनमा ओलीले चाल्ने रणनीतिमा भर पर्ने निष्कर्ष पनि छलफलले निकालेको छ। 

दाहालसँगको छलफलमा ओलीले दुईमध्ये एक पद छाड्न अस्वीकार गरेपछि अब एकपटक छलफलमा बस्ने, त्यसबाट पनि निकास नआए स्थायी कमिटीको जारी बैठकबाट निकास दिने निर्णय गर्दै खुमलटारबाट नेताहरु बाहिरिएका थिए।

प्रकाशित: २० असार २०७७ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App