१६ चैत्र २०८० शुक्रबार
राजनीति

नेविसंघ नेतृत्वप्रति सभापति देउवाको आक्रोसः पहिले गाउँमा नेविसंघ बनाऊ, अनि मसँग झगडा गर्न आउनू

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्वप्रति आक्रोशित भएका छन। नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६र्औ जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित भएका हुन्।  

उनले नेविसंघले गाउँगाउँमा, स्कुल स्कुलमा नेविसंघ बनाउन नसक्ने तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले नेविसंघ कमजोर बनेको भन्दै नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरे। अहिले गाउँ ठाउँ स्कुल कतैपनि नेविसंघ नरहेको र कुनैपनि स्कुलमा जित्ने हैसियत नेविसंघले नराखेको भन्दै आक्रोशित भए।  

पहिला गाउँ र स्कुलमा गएर नेविसंघ बनाएर मात्र आफुसँग कुरा गर्न आउन उनले विद्यार्थी नेताहरुलाई निर्देशन दिए। उनले भने, ‘राम्रोसँग गर्नुस्, नेविसंघलाई बलियो बनाउनुस्। गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस्। जहाँ पनि हारेको हा-यै छ। नेविसघं लाज पनि छैन्। हामी सबैठाउँमा जितेका थियौं। निविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कही पनि नेविसंघ देखिदैन। गाउँ स्कुलमा जवसम्म नेविसंघ हुँदैन तवसम्म कहिल्यै पार्टी बलियो हुँदैन्।  

त्यही नेविसंघ त हो नी पार्टी भन्ने। कहाँ छ नेविसंघ ? कतिपल्ट भन्ने। कहिले सभापतिलाई भने। एबाबा गाउँमा बोलाउ गाउँमा। स्कुलमा नेविसंघ बनाउ बनाउँदै बनाउँदैन्। अनि हारेको हा-यै छ। सबै ठाउँमा कहाँबाट कम्युनिष्टले जित्यो यहाँ। कसरी जिते कम्युनिष्टहरु। उनीहरुले गाउँगाउँमा बनाए। काठमाडौंमा आएर बड्ता भाषण गरेर केही हुने वाला छैन्। गाउँमा जाउ गाउँमा। गाउँमा बनाउ, गाउँको स्कुलमा बनाउ नेविसंघ अनिमात्र झगडा गर्न आउ। केही नगर्ने मसित कुरा गर्ने ?’

उनले अहिले नेविसंघ भित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबिच कुरा गरी समस्याको समाधान निकालिने बताए। उनले विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको बताए। आफू अहिलेसम्म चारपल्ट प्रधानमन्त्री भएको तर अहिलेको कोही पनि विद्यार्थी नेताहरु भविश्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मन्नुपर्ने अवस्था आएको बताए।

 उनले भने, ‘अहिलेको कुरा केही होइन सबैकुरा हुन्छ। नेविसंघको पूर्णता पाउँछ। नेपाली कांग्रेसको अधिवेसनको काम भइरहको हुन्छ। त्यस कारणले दुई साइडको कुरा हुँदै गर्छ। हाम्रा केही समस्याहरु छन्। बहिरपट्टी जाँदैन्। विद्यार्थीहरु आपसमा मिल्या भए समस्यै हुन्थेननी। आफुहरु झगडा ग-याग-यै छन्। म नेविसंघको सभापति पनि हुँ। चार पल्ट प्रधानमन्त्री भैसके। तपाईहरु कोही हुन सक्नुहुन्छ भोलि? यस्तै हिसाबले लाजपनि छैन यहाँ।

सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्न समेत गरे। उनले भने, ‘सोसल डिस्ट्यान्सिङ भन्या छ, टार्सिर बसिराखेको छ। लाजपनि छैन। बोल्दा खेरीपनि भ्यालु पनि छैन्। कहाँ डिस्ट्यान्सिङ छ यहाँ। त्यसकारणले खतरा हुन गएको छ यो। यसमा चिच्याएर ठूलोठूलो स्वर गरेर केही हुनेवाला छैन्। सोसल डिस्ट्यान्सिङ गर्नुस यस्तो टासिएर बसेर हुन्छ ?’

उनले कहिलेकार्ही कार्यक्रम नगरेपनि हुने र गर्नै परे अलि फराकिलो ठाउँमा थोरै मान्छे भेला भएर गरेको भए के हुन्थ्यो भन्दै आक्रोश व्यक्त गरे। उनले कार्यक्रम गरेर बर्ता हुनुपर्ने, भाषण गरिहाल्नु पर्ने भन्दै नेविसंका नेतृत्वलाई थर्काए।

प्रकाशित: १९ असार २०७७ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App