coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ई. लाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इज इनफका अभियन्ता ई.लाई अस्पताल पुगेर भेटेका छन्। आमरण अनसनमा बसेका ई. को स्वास्थ्य विग्रिएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो।  

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ई. लाई भेटेर सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको बताए। अनसन गरिरहन नपर्ने गरी सरकारको ध्यानाकर्षण भएको प्रधानमन्त्रीले बताएका थिए। उनले अनसन तोड्न पनि आग्रह गरेका छन्।

स्वास्थ्य बिग्रिएपछि अनसनरत ई. र पुकार बमलाई आज अस्पताल भर्ना गरिएको थियो। उनीहरुले सत प्रतिशत पिसिआर परीक्षण, खर्चमा पारदर्शिता, क्वारेन्टिनलाई व्यवस्थित, विदेशमा अभरमा परेका नेपालीको उद्धार लगायतका माग राख्दै पाटनको कृष्णमन्दिर परिसरमा आमरण अनसन बसेका छन्।

 

 

 

प्रकाशित: १८ असार २०७७ १५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App