६ चैत्र २०८० मंगलबार
राजनीति

बालुवाटारमा दाहालसँग ओलीको 'लुकामारी'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार १० गतेदेखि जारी छ। तर जारी बैठकमा बेला बेला स्थगित हुन्छ। बैठक सकिए पछि नेताहरु पुन : आफ्ना बैठक बोलाउन व्यस्त देखिन्छ। झम्सिखेलको एक रेष्टुरेन्टमा नेकपाका ३० नेताहरु भेला भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय मान्नु पर्ने निष्कर्ष निकाले। यही बीचमा ओलीले केही नेता र मन्त्रीलाई बालुवाटार बोलाएर छलफल गरे भने बिहीबार बिहान मात्र अर्का अध्यक्ष पुष्पकमल दाहालले केही नेताहरुलाई खुमलटार बोलाएर छलफल गरे।  

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे स्थायी समिति बैठक बोलाइएको थियो। स्थायी समिति सदस्यहरु बालुवाटार पुगिसकेका थिए। बैठक केहीबेर चल्यो पनि। तर प्रधानमन्त्री ओलीले भने त्यही बेला अर्को बैठक पनि बोलाए। त्यो बैठक पार्टी गुटको थिएन मन्त्रिपरिषदको थियो। जारी बैठकमा अमृत बोहोरा र केशव बडाल बोलेका थिए। उता मन्त्रिपरिषदमा जानु पर्ने भन्दै ओलीले स्थायी समिति बैठक स्थगित गरे। मन्त्रिपरिषद बैठक १२ बजे बोलाइएको थियो।

बैठक चलिरहँदा किन मन्त्रिपरिषद बोलाउनु पर्यो भन्दै दाहालले प्रश्न गरे। आज स्थायी समितिलाई निरन्तरता दिने मन्त्रिपरिषद नबोलाउने सहमति भएको दाहालले ओलीलाई सम्झाए तर ओली त्यो मान्ने पक्षमा देखिएनन्। एकै छिन भन्दै स्थायी समितिबाट बाहिरीएका ओली पुन : बैठक सुरु हुँदा समेत आएनन्। यो बीचमा बसेको मन्त्रिपरिषदले संसदको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्यो। मन्त्रिपरिषदले सिफारिस गरेको डेढ घण्टामै संसद अधिवेशन अन्त्य भएको पत्र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा पुग्यो। यो समय नेकपा नेताहरु बालुवाटारमै टहलिरहे। मन्त्रिपरिषद बस्नु अघि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए।  

मन्त्रिपरिषद बैठक सकिएपछि दाहाल ओलीलाई भेट्न पुगे। दाहालको साथमा महासचिव सहितका नेता थिए। मन्त्रिपरिषदको निर्णयले दाहाल मात्र नभएर नेकपा नेताहरुलाई संशय उत्तपन्न भएको थियो। केही अघि दल विभाजन सम्वन्धी अध्यादेश ल्याएर फिर्ता गरेका ओलीले फेरी त्यसै गर्न लागेका त होइनन् भन्ने शंकामा दाहाल सहितका नेताहरु देखिएका थिए। यही प्रश्न दाहालले ओलीलाई गरे तर ओलीले अहिलेनै अध्यादेश जारी गर्ने स्थिति होइन भन्ने जवाफ दिए। किन सहमति विपरित मन्त्रिपरिषद बोलाएर यस्तो निर्णय गर्नु भयो भन्ने अर्को प्रश्न पनि दाहालले ओलीलाई राखेको स्थगित पछि सुरु भएको बैठकमा दाहालले जानाकारी दिएका छन्। त्यसको जवाफमा ओलीले विहान कुरा भएको भए पनि यसले केही गर्दैन भन्ने जवाफ दिएको बैठकमा दाहालले बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

त्यस लगत्तै दाहाल राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतल निवास पुगे। स्रोतका अनुसार शीतल निवासमा दाहालले अध्यादेशको खतरा रहेको र यसमा हतार नगर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।  

शीतल निवासबाट फर्केपछि स्थायी समिति बैठक सुचारु भयो। नेताहरुले ओलीलाई बैठकमा आउन आग्रह गरे। तर ओली आउन मानेन्। बैठकमा दाहालले विहानदेखिका गतिविधि र राष्ट्रपति निवासमा भएका कुराकानीसम्म ब्रीफिङ गरे र बैठक शनिबार ११ बजेसम्म स्थगित गरेको बताए।  

यो बीचमा अध्यक्षद्वय र शीर्ष नेताहरुबीमा छलफल हुने र शनिबार ११ बजे बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।    

 

 

प्रकाशित: १८ असार २०७७ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App