८ वैशाख २०८१ शनिबार
राजनीति

नेताहरुबीच छलफल आवश्यक भन्दै नेकपा स्थायी समिति शनिबारसम्म स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठक शनिबारसम्मका लागि स्थगित भएको छ। नेपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यो बीचमा नेताहरुबीच छलफल हुने बताए। 'अध्यक्षद्वय केपी ओली र पुष्पकमद दाहालबीच र अन्य नेताहरुबी छलफल पछि शनिबार ११ बजे स्थायी समिति पुन: बस्ने छ,' श्रेष्ठले भने।

अध्यक्षद्वयबीच आज मन्त्रिपरिषद बैठक नबोलाउने र स्थायी समितिलाई निरन्तरता दिने सहमति भए पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद बोलाएर संसद बैठक अन्य गरेको विषयमा दाहालले ओलीसँग छलफल गरेका छन्। छलफलमा दाहालले सहमति विपरित किन भएको भन्दै ओलीलाई प्रश्न गरेको श्रेष्ठले बताए। त्यसको जवाफमा ओलीले विहान कुरा भएको भए पनि यसले केही गर्दैन भन्ने जवाफ दिएको बैठकमा दाहालले बताए।  

सरकारले संसद अधिवेशन अन्त्य गर्ने सिफारिस गरेपछि दाहाल राष्ट्रपति भेट्न पुगेका थिए। अध्यादेशका विषयमा पनि चर्चा भएपछि उनी शीतल निवास पुगेको जनाइएको छ। प्रधानमन्त्रीले अध्यादेश जारी गर्ने अवस्था नभएको बताएको श्रेष्ठले जानकारी दिए।

संसद बैठक किन अन्त्य गरियो भन्ने विषयमा प्रधानमन्त्रीले जानकारी नदिएको उनले बताए। 'उहाँ बैठकमा पनि आउनु भएको छैन। त्यसबारे उहाँले कही भन्नु भएको छैन', उनले भने।

 

 

 

प्रकाशित: १८ असार २०७७ ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App