८ वैशाख २०८१ शनिबार
राजनीति

डा.भट्टराईको कटाक्षः नेकपालाई ‘घिउ’ पचेन

डा. भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाभित्र भइरहेको विवादप्रति कटाक्ष गरेका छन्।  

बिहीबार ट्विट गर्दैै डा. भट्टराईले कुनै कुनै प्राणीलाई घिउ नपचेजस्तै नेकपालाई दुईतिहाइ नपचेको टिप्पणी गरेका हुन् ।  

‘कुनैकुनै प्राणीलाई घिउ पच्दैन रे ! हाम्रा कमरेडहरूलाई पनि दुइतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ,’ डा. भट्टराईले लेखेका छन्, ‘त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो ! सबै सजग रहौं र खबरदारी गरौं, यत्रो त्यागरबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् !’

प्रकाशित: १८ असार २०७७ १०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App