२२ असार २०७७ सोमबार
राजनीति

आज संसद् दिवस

औपचारिक कार्यक्रमबिनै आज पर्ने संसद् दिवस २०७७ मनाइँदै छ । कोभिड–१९ को महामारीका कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नगरी शुभकामना सन्देशमार्फत संसद् दिवस स्मरण गरिएको हो । विगतमा पूर्वसांसद मञ्च र संघीय संसद् सचिवालको व्यवस्थापनमा संसद् दिवसका अवसरमा औपचारिक कार्यक्रम गरिन्थ्यो । 

२०१६ असार १६ गत विधिवत् रूपमा प्रारम्भ भएको संसद्को पहिलो बैठकको स्मरणस्वरूप हरेक वर्ष असार १६ मा संसद् दिवस मनाइन्छ ।

संघीय संसद्ले शुभकामनामार्फत संसद् दिवस स्मरण गरेको छ । शुभकामना लेखिएको छ ‘लोकतान्त्रिक परिपाटी स्थापनाका लागि जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति श्रद्धा अर्पण गर्दछौं ।’

प्रकाशित: १६ असार २०७७ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App