८ वैशाख २०८१ शनिबार
राजनीति

रोल्पाको लुंग्री गाँउपालिका यस पटक पनि समयमै बजेट ल्याउन असफल

रोल्पाको लुंग्री गाँउपालिका पोहर जस्तै यसपटक पनि समयमा बजेट ल्याउन असफल भएको छ। गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, र वडा अध्यक्ष बीच बजेटका बिषयमा सहमति हुन नसकेपछि समयमा बजेट सार्वजनिक गर्न असफल भएको हो।  

गाँउपालिका अध्यक्ष दुर्गा खड्काले तयारी नपुगेकोले समयमै बजेट ल्याउन नसकिएको बताए। उनका अनुसार ‘गाउँशभाको मिती नै अनिस्चित छ।’ गाउँपालिका उपाध्यक्ष भिमकला बुढाथोकीका अनुसार गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले पेस गरेको बजेट सिलिङमा बिबाद भएपछि समयमा बजेट सार्र्वजनिक गर्न नसकिएको हो।

सहभागिका अनुसार गाँउपालिकाले वडालाई २५÷२५ लाख रुपैयाँ उपलब्ध गराउन खोजेको थियो। तर वडाले कम्तिमा ५० लाख उपलब्ध गराउनुपर्ने माग गरेपछि विवाद हुँदा गाँउ सभा नै बस्न सकेन। बजेटमा सहमति गर्नका लागि दुई दिनसम्म कार्यपालिका बैठक बसेको थियो।

सहमति नभएपछि गाँउपालिका अध्यक्ष खड्का बैठक नै छोडेर हिडेका थिए। वडा अध्यक्षसंग असन्तुष्ट गाउँपालिका अध्यक्ष खड्का उपाध्यक्ष र कर्मचारीसँग समेत पटक पटक असन्तुष्ट रहने गर्दछन्।  

गाँउपालिकाले डोजर र गाडी किन्न झण्डै १ करोड रुपैयाँ राख्न खोजेपछि वडा अध्यक्षहरुले असहमति जनाएका हुन। गाँउपालिकामा एउटा गाडी हुँदा हुँदै अर्को गाडी किन्न आवश्यक नरहेको बताएका थिए। तर, डोजर र गाडी जसरी पनि किन्नुपर्ने भन्दै गाँउपालिकाको कार्यालयले रकम राख्न खोजेको थियो।

‘हाम्रो आपसी बजेट सिलिङ नमिलेको हो। गाउँपालिका अध्यक्षले गरेको गाडी थपको प्रश्तावको पनि बिरोध गरिएको हो।’ वडा न. ४ का अध्यक्ष शिबप्रशाद केसीले भने ‘अध्यक्षको वडालाई दिने भनिएको २५ लाख प्रश्तावमा हामीले ५० लाख भनेका छौ।’  

लुंग्री गाँउपालिका लगातार दोस्रो पटक समयमा बजेट ल्याउन असफल भएको छ। अघिल्लो पटक पनि यस्तै विवाद हुँदा समयमा बजेट सर्वाजनिक गर्न सकेको थिएन। भदौं १० गते मात्रै बजेटबारे औपचारिक निर्णय भएको थियो। चुनाव भएदेखि नै लुंग्री गाँउपालिकामा पटक पटक आर्थिक बिषयमा विवाद हुदै आएको छ।  

उता रोल्पाको थवाङ गाउँपालिकाले पनि समय मै बजेट सार्वजनिक गर्न सकेन। आवस्यक तयारी नपुगेको भन्दै गाउँसभा नभएको त्यहाँ कार्यरत एक कर्मचारीले बताए।

प्रकाशित: ११ असार २०७७ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App