coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार र पार्टीले राम्रो काम गर्न सकेनन् : अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समयमा भएको सहमतिबाट पछि हटेर गल्ती गरेको महसुस भएको बताएका छन्।  

नेपापाको स्थायी कमिटी बैठकमा बोल्दै दाहालले आलोपालो प्रधानमन्त्री हुने सहमति छोड्दा गल्ती भएको महसुस भएको टिप्पणी गरेका हुन्।  

'एकताको समयमा भएको सहमतिबाट पछि हटेको थिएँ', बैठकमा बोल्दै उनले भने, 'पाँच वर्ष ओली जी नै प्रधानमन्त्री हुनुस् भनेर भने तर अहिले सरकारका काम हेर्दा त्यो कदमबाट पछि हटेकोमा गल्ती महसुस भएको छ।'

सरकार र पार्टी दुवैले राम्रो काम गर्न नसकेको दाहालले टिप्पणी गरेको एक स्थायी कमिटी सदस्यले बताए। 'सरकार र पार्टीले राम्रा काम गर्न सकेको छैन। जनतामा निरासा छाएको छ', दाहाललाई उदृत गर्दै उनले भने, 'यस्तै गर्दै जाने हो भने अर्को चुनावमा पार्टीको कमजोर भूमिका हुन सक्छ।'

दाहालले पार्टीमा आफु अध्यक्ष भए पनि भूमिका सन्तोषजनक नभएको गुनासो पोखेका थिए।

अहिलेका उपलब्धी सबै मिलेर ल्याएको बताउँदै दाहालले एक जनाले मात्र अहंकार देखाउन नहुने उनले बताए। उनले पार्टी र सरकारमा प्रधानमन्त्री केपी ओलीको अहंकार बढेको संकेत गरेका थिए।  

दाहालले पार्टी र सरकार संकटमा रहेको बताएका थिए। उनले पार्टी र सरकारको कमजोर प्रस्तुतिमा बाह्य पक्षलाई दोष दिएर नहुने बताए।  

 

 

प्रकाशित: १० असार २०७७ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App