८ वैशाख २०८१ शनिबार
राजनीति

कार्यविधि, निर्देशिका र गठनादेशमा छलफल

प्रदेशसभा कर्णाली प्रदेश विधायन तथा प्रदेश मामिला समितिको बैठकमा सहभागीहरू । तस्बिरः कर्णाली प्रदेशसभा सचिवालय

प्रदेशसभा कर्णाली प्रदेश विधायन तथा प्रदेश मामिला समितिको मंगलबारको बैठकमा सामाजिक विकास मन्त्रालयले तर्जुमा गरी कार्यान्वयनमा आएका कार्यविधि, निर्देशिका र गठन आदेश उपर छलफल भएको छ । ‘कर्णाली प्रदेशको अस्पताल व्यवस्थापन समिति गठन आदेश’ नियमसंगत भए नभएको विषयमा थप वैशाख १२ गते छलफल हुनेछ ।

उक्त आदेशका विषयमा छलफल गर्न सामाजिक विकासमन्त्री दल रावल, मन्त्रालयका सचिव, स्वास्थ्य सेवा महाशाखा र कानुन तथा फैसला कार्यान्वयन शाखाका प्रमुखलाई समितिको बैठकमा बोलाइएको उक्त समितिकी सचिव शर्मिला विश्वकर्माले जानकारी दिइन् । उनका अनुसार योसँगै कर्णाली प्रदेश सरकारका मन्त्रालयहरूले कार्यान्वयनमा ल्याएका कार्यविधि, निर्देशिका र गठन आदेश उपर छलफल भइरहेको छ ।

त्यस्तै कर्णाली प्रदेशको सार्वजनिक लेखा समितिको बैठक बसेको छ । उक्त बैठकमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र रकमान्तरलगायतका विषयमा छलफल भएको समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले जानकारी दिए ।

प्रकाशित: ९ असार २०७७ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App