८ वैशाख २०८१ शनिबार
राजनीति

नयाँ नक्सा बन्याे संविधानकाे अंग

राष्ट्रपतिले गरिन् प्रमाणिकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक, कालापानीको भू–भाग समेटेर नेपालको नक्सा परिवर्तन गर्ने संविधानको दोस्रो संशोधन विधेयक प्रमाणित गरेकी छिन् । संघीय संसदको दुबै सदनले उक्त विधेयक सर्वसहमतिले पारित भइ प्रमाणिकरणका लागि आएको विधेयकलाई संविधानको धारा २७४ को उपधारा १ अनुसार प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।  

‘आज मिति २०७७ साल असार ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ नेपालको संविधानको धारा २७४ को उपधारा १ बमोजिम प्रमाणीकरण गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसअघि राष्ट्रियसभाको बिहीबार बसेको बैठकले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक सर्वसम्मतीले पारित गरेको थियो । कुल ५९ सदस्यीय रहेको राष्ट्रियसभामा संविधान संशोधनको प्रस्तावमा ५७ मत परेको थियो । राष्ट्रियसभामा एक जना मनोनित हुन बाँकी छ । राष्ट्रियसभा अध्यक्षले बराबरीमा मात्र मतदान गर्न पाउने हुनाले ५७ मत खसेको थियो ।  

राष्ट्रियसभाले पारित गरेको संविधान संशोधन विधेयकको प्रतिनिधिसभालाई बिहीबार नै सन्देश पठाएको छ । प्रतिनिधिसभा सचिवालयले विहीबार नै सभामुखले प्रमाणित गरि प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइएको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाले जेठ ३१ गते संविधान सैशोधन विधेयक सर्वसम्मतीले पारित गरेपछि त्यसलाई राष्ट्रियसभामा पठाइएको थियो ।  

प्रकाशित: ४ असार २०७७ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App