९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

दिनानाथ शर्मा भन्छन् : दार्जिलिङदेखि काँगडासम्म भारतले नेपाललाई फिर्ता गर्नुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन्।  

नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेस गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७ माथिको छलफलका क्रममा शर्माले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्ने बताएका हुन्। उनले दुवै छिमेकी असल मित्र भएकाले तत्काल नेपालको भूमि फिर्ता गर्न भारतले सक्नुपर्ने बताए। उनले नेपालीहरुको सदासयता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सीमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले भरातले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको बताए। उनले नेपालको भूमिमा बसेको भारतीय सेना समेत तत्काल फिर्ता गर्नुपर्ने बताए।  

नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्वभौमिकताका विषयमा नेपाली जनता सधै एक भएको र यसपटक पनि एक भएकाले नेपालको भूमि फिर्ता गर्न बल पुगेको बताए।  

भारत नेपालको असल मित्र भएको र भरतले पनि नेपाललाई असल मित्र मानेको छ भने अंग्रेजले नेपालबाट लुटेको भूभाग समेत फिर्ता दिनुपर्ने शर्माले बताए। भरतले नेपालबाट लुटिएको पूर्वको भूभाग दार्जिलिङ र पश्चिमको भूभाग काकडा समेत फिर्ता दिनुपर्ने बताए।  

उनले भने, 'भारतले हामीलाई असल मित्र मान्ने हो असल मित्र ठान्ने हो भने अंग्रेज साम्रज्यवादले लुटेर हाम्रो भूभागमा मिसाएको भूभाग तपाईहरुको हो तपाईहरुको मुटु काटेर यता तिर मिसिएको छ असल भित्र त्यसकारण महाकाली पश्चिमको किल्ला कांगडा, हाम्रो कांगडा सम्मको जमिन तपाइहरुले लिनुस भनेर चेलिबेटीको नाताहो डोलिवेटीको नाता हो भनेर नेताहरुले भन्नुहुन्छ।  यदि त्यसो हो भने त्यसलाई सगौरव फिर्ता गरिदिने दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ।  र काकडा सम्मको भूमि फिर्ता गरिदिनुपर्छ।’

१८१६ मा भएको सुगौली सन्धिबाट अंग्रेजले नेपालको भूमि लुटेर लगेको स्पष्ट पार्दै नेपाले सम्झौतलाई बाध्य भएर मान्नुपरेको बताए।  

 

प्रकाशित: ४ असार २०७७ ०८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App