coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कारागार सुरक्षामा अब नेपाली सेना

यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिँदै आएको कारागार र ठूला परियोजनाहरूमा नेपाली सेना खटाइएको छ । मन्त्री परिषद्को निर्णय अनुसार सुरक्षामा हिसाबले अति संवेदनशील मानिएका मुख्य परियोजना र कारागारमा जेठ ३२ गते र असार दुई गते सेना परिचालन गरिएको हो । सशस्त्र र नेपाल प्रहरीलाई सीमा तथा अन्य क्षेत्रको सुरक्षामा खटाइने छ ।

नेपाली सेनाले ३२ गते पाँच स्थान र असार १ मा २६ स्थानमा सेना परिचालन गरेको हो । ती कारागार र आयोजनाहरूमा सेना तैनाथ राखिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । उनका अनुसार सबै कार्यालयहरूमा सेना परिचालन गरिसकिएको छ । ‘सरकारको निर्णय अनुसार हामीले कारागारको सुरक्षार्थ सेना खटाएका छौं,’ उनले भने, ‘यसअघि मन्त्री परिषद्को निर्णयले महत्वपूर्ण प्रतिष्ठान, आयोजना र कारागारकोे सुरक्षार्थ सेना परिचालन गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार ससस्त्र प्रहरी र नेपाल प्रहरी फिर्ता बोलाइएपछि सो क्षेत्रको सुरक्षा जिम्मेवारी सेनाले सम्हालेको छ ।  

नेपाली सेनाका अनुसार झुम्का सुनसरीमा ४६ जना, जिल्ला कारागार मोरङमा २८ जना, अरुण एचपी हाइड्रोपावर शंखुवासभामा २१ जना, जिल्ला कारागार पाँचथरमा २१ जना, जिल्ला कारागार इलाममा १५ जना परिचालन गरिएको छ । त्यस्तै, चन्द्रगढी कारागार झापामा ८ जना, जिल्ला कारागार ताप्लेजुङमा १९ जना, मध्य भोटेकोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा ३५ जना, अपर तामाकोशी हाइड्रोपावरमा ५५ जना, सान्जेन हाइड्रोपावर रसुवामा १५ जना, भिमफेदी कारागार मकवानपुरमा ३७ जना, विरजञ्ज कारागारमा ३८ जना खटाइएको छ ।  

सुपरमादी हाइड्रोपावरमा ३९ जना, जिल्ला कारागार रुकुममा २० जना, तुल्सीपर कारागारमा ४० जना, घोराही कारागार दाङमा ३० जना, जिल्ला कारागार रोल्पामा, २० जना, जिल्ला कारागार पाल्पामा २६ जना, जिल्ला कारागार कपिलवस्तुमा ४० जना, झिमरुक जलविद्युत आयोजनामा ३१ जना, जिल्ला कारागार जुम्लामा १५ जना, जिल्ला कारागार अछाममा १५ जना, सापफेबगर एयरपोर्ट अछाममा ९ जना, सिलगढी कारागार डोटिमा १५ जना, जिल्ला कारागार डडेलधुरामा २४ जना, जिल्ला कारागार महेन्द्रनगरमा २४ जना, धनगढी कारागारमा ३५ जना, जिल्ला कारागार दार्चुलामा ११ जना, जिल्ला कारागार बझाङमा १४ जना र उपत्यकाको मुख्य आयोजनाका लागि २३ जना सेना परिचालन गरिएको छ । यसअघि नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोलीले यी स्थानमा सुरक्षा दिँदै आएको थियो । मन्त्री परिषदको निर्णय अनुसार सुरक्षाका हिसाबले अत्ति संवेदनशील मानिने परियोजना र कारागारमा नेपाली सेना राखिएको हो ।

प्रकाशित: २ असार २०७७ १४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App