coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संविधान संशोधनको पक्षमा मतदान गर्न समाजवादी पार्टीको ह्वीप

समाजवादी पार्टी नेपालले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ।  शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसदहरुलाई संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो। बैठकपछि पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले सर्वसम्मतीबाट संशोधनको पक्षमा मतदान गर्ने निर्णय भएको बताए। आफ्नो पार्टी राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका पक्षमा सधै रहेको उनले बताए। बैठकले सांसद सरिता गिरीले संसदमा पेश गरेको संशोधन फिर्ता लिन पनि निर्देशन दिएको छ । यसअघि नै पार्टीले फिर्ता लिन भनेको र संसदीय दलको बैठकले समेत आज निर्देशन दिएकाले गिरीले आफ्नो प्रस्ताव फिर्ता लिने विश्वास उनले व्यक्त गरे। अहिले सबैले राष्ट्रियताको पक्षमा एक भएर अगाडी बढ्नुपर्ने आवश्यकता भएको र त्यही अनुसार अगाडि बढ्नुपर्ने उनले बताए।  

सांसद गिरीले आफ्नो संशोधन प्रस्ताव फिर्ता नलिएको खण्डमा के गर्ने भन्ने निर्णय पार्टीले गरेको छैन्। सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि निशान छापमा राख्न संविधान संशोधन प्रकृया अगाडि बढाएको छ। सरकारले ल्याएको संशोधन विधेयकमा सांसद गिरीले संशोधन हालेकी छन्। पार्टीले यसअघि नै फिर्ता लिन निर्देशन दिएपनि उनले फिर्ता लिएकी छैनन्।

 

प्रकाशित: ३१ जेष्ठ २०७७ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App