१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘नागरिक बचाउने भन्दा मृत्यूको मुखमा धकेल्ने काम भयो’

गण्डकी प्रदेश सभामा आइतबार विशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्य कृष्ण थापा । तस्बिर : उमेश पुन/नागरिक

गण्डकी प्रदेश सभा सदस्य भागवतप्रकाश मल्लले कोरोनाको कहर चलिरहँदा सरकारी एजेन्ट नागरिकलाई बचाउने भन्दा मृत्यूको मुखमा धकेल्ने काम भइरहेको आरोप लगाएका छन् । गण्डकी प्रदेश सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै स्याङ्जाली सांसद मल्लले कोरोना जाँच गर्न पिसीआर मेसिन खरिद गर्न आलटाल गरेर स्वास्थ्यका सरकारी एजेन्टले नागरिकलाई मृत्यूको मुखमा धकेल्ने काम गरेको आरोप लगाएका हुन् । 

स्याङ्जाको वालिङ नगरपालिकाले पिसीआर मेसिन खरिद गर्न करीब १ महिना अघिदेखि पहल गर्दापनि सरकारी एजेन्टले आलटाल गरिरहेको उनको आरोप छ । २९ लाखदेखि ३३ लाख सम्ममा खरिद गर्न सकिने पिसीआर मेसिनलाई एक÷डेढ करोड पर्छ भन्दै अल्मलाईरहेका छन्,‘उनले भने,‘प्रत्यक्ष कुराकानी गर्न खोज्दा सम्पर्कमा आउँदैनन्, यसले नागरिकलाई बचाउने भन्दा मृत्यूको मुखमा धकेल्ने काम भयो ।’ उनले पिसीआर मेसिन खरिदमा ढिलासुस्ती गर्ने स्वास्थ्यका सरकारी एजेन्टको पहिचान गरेर कार्वाही गर्न मागसमेत गरे । साथै उनले वालिङमात्रै नभई गण्डकी प्रदेशका ८५ वटै स्थानिय तहमा पिसीआर मेसिन राख्ने वातावरण निर्माण गर्नपनि सरकारलाई आग्रह गरे ।

सांसद ईन्द्रलाल सापकोटाले धौलागिरी अस्पतालमा पिसीआर जाँच गर्ने मेसिन आवश्यक रहेको भन्दै तत्काल ब्यबस्था गर्न माग गरे । उनले पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको पिसीआर मेसिनमा कहिले जाम हुने त कहिले किटको अभाव भनेर कोरोना जाँच रोकिने अवस्थाको अन्त्य हुनुपर्ने बताए । 

सांसद विन्दुकुमार थापाले भारतबाट आएकाहरूलाई पालिकाहरूले कोरोना जाँच नगरी ल्याइरहेको भन्दै यसले कोरोना संक्रमणको जोखिम बढाएको बताए । उनले विदेशबाट आउने सबैको पिसीआर जाँच गर्ने ब्यवस्था गर्न आग्रह गरे ।

सांसद ललितकला गुरुङले क्वारेन्टिन व्यवस्थित नहुँदा कोरोना संक्रमणको जोखिम बढेको भन्दै खानेपानी, शौचालय, बाथरुमलगायतका पूर्वाधार ब्यवस्थित गर्न आग्रह गरिन् ।

संसदको शून्य समयमा बोल्दै सांसद राजिव पहारीले पोखराको आलुमाइलाचोकमा भेटिएका संक्रमित विदेशबाट आएको व्यक्ति नभएकाले पोखरामा कोरोना कम्युनिटीमा फैलिइसकेको हो कि भन्ने आशंका व्यक्त गरे । उनले कोरोना संक्रमण कम्युनिटीमा फैलिन नदिनका लागि तत्काल कार्ययोजनासहित एक्सनमा जान सरकारलाई आग्रह गरे ।

सुनियोजित रुपमा राजनीतिक चरित्र हत्या गर्ने प्रयास भयो : थापा

गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले केहि सांसदहरूले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने प्रयास गरेको आरोप लगाएका छन् । प्रदेश सभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले बाटुलेचौरस्थित क्षेत्रीको किरियापुत्री भवनमा सुनारलाई बस्न नदिएको घट्नामा आफ्नो नामै लिएर केहि सांसदहरूले सुनियोजित रुपमा आफ्नो राजनीतिक चरित्र हत्या गर्न खोजेको उनले आरोप लगाएका हुन् । 

कम्युनिष्टको सिद्धान्त र आदर्शबाट बिचलित नभएको र कहिल्यै नहुने भन्दै उनले भने,‘विभेद त के मैले त्यहाँका सुनार तथा गन्धर्वहरूलाई तँ वा तिमीसमेत नभनी तपाईं भन्दै आएको छु, मैले त्यहाँका कुनैपनि व्यक्तिलाई विभेद गरेको वा अत्याचार गरेको प्रमाणित गरे राजनीतिबाट सन्यास लिने घोषणा गर्दछु, सांसद पदबाटपनि राजिनामा दिन्छु ।’

प्रकाशित: २५ जेष्ठ २०७७ १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App