coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गगन थापाको प्रश्न : बजेट निर्माणमा संसदको भूमिका के ?

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पञ्चायत कालमा बजेट निर्माण भएजसरी बहुदलीय कालमा भएको र त्यसैको निरन्तरता गणतन्त्रमा पनि रहेको बताएका छन्। संसदमा बोल्दै उनले बजेट निर्माणमा संसदको, विधायकको विचार र धारणाको विषयमा कहिले पनि छलफल नभएको बताए। उनले भने ‘बजेट निर्माणमा संसदको भूमिका के, विधायकको भूमिका के, हामीले बोक्ने विचारधारको भूमिका के, हाम्रो घोषणा प्रतिको अर्थ र सम्बन्ध के रहन्छ हामीले कहिल्यै छलफल गर्यौंो गरेनौं। हामी पनि त दौडियौं कहिले चुरोटको खोलको चिरकटमा योजना लेखेर मन्त्रीको ढोकामा पुग्यौं, कहिले आफ्नो लेटर प्याडमा लेखेर पुग्यौं, प्रधानमन्त्री त पुग्नुभयो दौडिएर पुग्यौं। पहिलाको भन्दा स्थिति झन विग्रियो।’

सांसद थापाले स्थानीय पूर्वाधार कोषको नामबाट वडा अध्यक्ष जस्तो पैसा लिन थालेदेखि स्थिति विग्रिएको बताए। उनले कोषलाई यो पटकको बजेटबाट हटाउनको लागि सरकारलाई भन्ने आँट गर्नुपर्ने बताए।  

उनले स्रोतको अभावले मात्रै स्वास्थ्य सेवामा आजको अवस्था नआएको बताए। गएको वर्ष बजेटमा गरिएका बाचाहरु कुनैपनि पुरा नभएको उनले बताए। आधारभुत स्वास्थ्य सेवा, आकस्मिक स्वास्थ्य सेवा, विशिष्टक्रित स्वास्थ्य सेवा, स्वास्थ्य बीमाको बारेमा गरिएका बाचाहरु कुनै पनि पुरा नभएको सांसद थापाले बताए। अहिले सरकारले २४ वटा प्रयोगशाला बनाएको दावि गर्ने सरकारले जम्मा पाँच वटा पीसीआर मेसिन किनेको बताए। त्यस्तै सरकारले जम्मा २५ हजार पीसीआर किट किनेको र बाँकी सबै उपहार र दानमा पाएकोबाट परीक्षण भइराखेको बताए। स्वास्थ्य क्षेत्रमा सरकार अझैपनि अवधारणगत रुपमा स्पस्ट हुन नसकेको उनले बताए।  

उनले सरकारले स्वास्थ्य बीमाको विषयमा अझै काम गर्न नसकेको बताए। अहिलेसम्म गरेको बजेट विनियोजनमा ल्याइएको बीमा कार्यक्रम बीमा नै नभएको बताए।  

 

 

प्रकाशित: २४ जेष्ठ २०७७ १०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App