८ वैशाख २०८१ शनिबार
राजनीति

लकडाउन खुकुलो बनाउन सांसदको माग

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले लामो समयको लकडाउनले अर्थतन्त्रमा नराम्रो असर पार्ने भएकाले कोरोना संक्रमण नभएका ठाउँमा लकडाउन खुकुलो बनाउन सुझाएका छन् । शुक्रबार विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले लकडाउनको मोडालिटी परिवर्तन गर्न माग गरेका हुन् । 

अब आर्थिक अवस्था दय्नीय बन्न थालेको र आर्थिक महामारीबाट बच्न लकडाउनको मोडालिटी परिवर्तन गर्न आवश्यक भएको उनले बताए । स्वतःस्फूर्त रुपमा उल्लंघन हुन थालेको भन्दै लकडाउनको मोडल परिवर्तन गर्नुपर्ने बताए । उनले गरिब देशको अर्थतन्त्र उठ्नै नसक्ने अवस्थामा पुग्न सक्ने भएकाले यसबारे सरकाले ध्यान दिनुपर्ने बताए । उनले सरकारले चीनको वुहानमा जस्तो कोरोना संक्रमण फैलिना साथ पूर्वतयारी गर्नुपर्नेमा सरकारले केही पनि तयारी नगरेको उनले आरोप लगाए । 

सांसद गोपीबहादुर सार्की असामीले उद्योगहरूले सरकारलाई कर र बैंकको ब्याज बुझाउन कठिनाइ भएको तथा उद्योगमा काम गर्ने मजदुरको स्थिति दयनीय बन्दै गएको बताए । उनले साना, ठूला र मझौला सबै उद्योगलाई ब्याजमा सहुलियत व्यवस्था मिलाउन आग्रह गरे । अहिलेको अवस्थाको लकडाउनको मोडालिटीलाई परिवर्तन गर्न जरुरी रहेको उनले सुझाए । उनले संक्रमण नबढेको क्षेत्रमा आर्थिक गतिविधि अघि बढाउने वातावरण तयार गर्न सरकारलाई आग्रह गरे । 

सांसद भगवती न्यौपानेले लामो समयसम्मको लकडाउनले समस्या समाधानभन्दा पनि समस्या बल्झाउन सक्ने भएकाले लकडाउनको मोडालिटी बदल्नुपर्ने बताइन् । देशको अर्थतन्त्र चौपट हुने अवस्था आएकाले तराईको लकडाउन खुकुलो पार्ने अवस्था नभए पनि पहाडमा लकडाउन खुकुलो गर्नुपर्ने उनले सुझाइन् ।  

प्रकाशित: २३ जेष्ठ २०७७ १८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App