coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोरोना नियन्त्रणमा शान्ति मिसनका नेपाली सैन्य चिकित्सकको भूमिका प्रशंसनीय

नेपाली सेना

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका नेपाली सैनिक चिकित्सकहरुले कंगो, सुडान र सिरियामा कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

फोर्स मेडिकल अफिसरका रुपमा कार्यरत उनीहरुले सम्बन्धित मिसनका फोर्स कमाण्डरको मातहतमा रही कोरोना विरुद्धको लडाइमा अग्रस्थानमा रहेर काम गरिरहेको भन्दै संयुक्त राष्ट्र संघले समेत उनीहरुको प्रशंसा गर्दै आइरहेको छ।  

संयुक्त राष्ट्र संघले शान्ति मिसनहरुमा तैनाथ सैनिकहरुमा कुनै पनि हालतमा कोरोना संक्रमण हुन नदिने नीति अनुसार नेपाली चिकित्सकहरुले काम गरिरहेको नेपाली सेनाले जनाएको छ। हाल कंगोस्थित मिसनमा प्राविधिक महासेनानी डा. नम्रता महरा, सुडानमा प्राविधिक महासेनानी डा. रत्ना अधिकारी खत्री र सिरियामा प्राविधिक प्रमुख सेनानी डा. कुन्ज विक्रम शाह रहेका छन्।  

नेपाली सेनाका फोर्स मेडिकल अधिकृतको निगरानीमा कंगोमा ४५ मुलुकका १४ हजार शान्ति सैनिक रहेका छन् भने सुडानमा ३४ देशका चार हजार तीन सय र सिरियामा ४५ देशका नौ सय ६० शान्ति सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।  

नेपाली फोर्स मेडिकल अधिकृतहरुले तीन देशका शान्ति मिसनमा रहेका सैनिकहरुलाई कोरोनाको प्रभावबाट जोगाउनका लागि त्यहाँ रहेका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने, स्वस्थ्य सम्बन्धि स्रोत र साधन जुटाउने तथा परिचालनको काम समेत गर्दै आएका छन्। त्यस्तै मिसनमा स्थापना गरिएका कोभिड कोअर्डिनेटिङ सेलमार्फत कोरोना संक्रमण सम्बन्धी व्यवस्थापना गर्ने तथा आवश्यक निर्देशन दिने काम पनि नेपाली फोर्स मेडिकल अधिकृतहरुले गर्दै आएका छन्।  

केही समय अघी कंगो स्थित शान्ति मिसनबाट फर्किएकी मेजर बुद्ध थेवे संटकका बेला शान्ति मिसनमा जिम्मेवारी सम्हाल्नु चूनौतिपूर्ण भएपनि नेपाली शान्ति सैनिकहरुले त्यसलाई सहज ढंगले बहन गर्दै आएको बताउँछिन्। नेपाली शान्ति सैनिकहरुले जटिल परिस्थितिलाई पनि सहज ढंगले जिम्मेवारी बहन गर्न सक्ने भएकै कारण शान्ति मिसनमा नेपाली सेनाप्रतिको विश्वास बढ्दो क्रममा रहेको उनी बताउँछिन्। कंगो स्थित म्युनिस्का क्षेत्रमा काम गर्दाको अनुभव सुनाउँदै उनले नेपाली शान्ति सैनिकले व्यक्तिगत स्वार्थका लागि भन्दा पनि मुलुकको प्रतिष्ठाका लागि काम गरिरहेको बताइन। प्राण घातक इबोला रोगको उच्च जोखिम क्षेत्रमा रहेर काम गरेकी उनले जोखिम मोलेर पनि स्थानीयहरुको विश्वास जित्न पाउँदा गर्व महसुस हुने बताइन।  

कोरोनाको प्रभाव विश्वव्यापी रुपमा बढ्दै गइरहेका बेला नेपाली शान्ति सैनिकहरु तैनाथ भएका विभिन्न मुलुकमा पनि त्यसको प्रभाव बढ्दै गइरहेको छ। हालसम्म विभिन्न शान्ति मिसनमा गरी पाँच जना नेपाली शान्ति सैनिक संक्रमित भएको नेपाली सेनाले जनाएको छ। साउथ सुडानमा एक जना, मालिमा दुई जना र सेन्टर अफ्रिकन रिपब्लिक कारमा दुई जना नेपाली शान्ति सैनिक कोरोनाबाट संक्रमित भएका छन्।    

 

 

प्रकाशित: २३ जेष्ठ २०७७ १५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App