७ वैशाख २०८१ शुक्रबार
राजनीति

संकटमा सरकारलाई समस्याः मुख्यमन्त्री शाही

विकास साझेदार संस्थाहरूसँगै छलफल गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही। तस्विरः नागरिक

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारतबाट फर्किनेको संख्या उच्च रहेकाले क्वारेन्टिन, आइसोलेसन व्यवस्थापन र संक्रमण परीक्षणमा सरकारलाई समस्या परेको बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको छलफलमा मुख्यमन्त्री शाहीले जसले कर्णाली प्रदेशमा कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमण बढेकाले समस्या भएको बताएका हुन्।

कर्णालीमा एक लाखजति नागरिक फर्कन सक्ने भएकाले कोभिड–१९ को संकट व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरूलाई आग्रह गरेका छन्। कर्णाली प्रदेशबाट झण्डै डेढ लाखको संख्यामा भारत र तेस्रो मुलुकमा रोजगारीको लागि गएको बताउँदै मुख्यमन्त्री शाहीले अहिले करिब ३५ हजार नागरिक फर्केको बताए। ठूलो संख्यामा विदेशबाट फर्किएका नागरिकबाट संक्रमण रोक्न चुनौतीपूर्ण रहेको उनको भनाइ छ। उक्त चुनौतीसँग जुध्न विकास साझेदार संस्थाको सहयोग आवश्यक रहेको स्पष्ट पारे।

‘कर्णाली प्रदेशमा स्थापना गरिएका दुईवटा प्रयोगशाला २४ घण्टा सञ्चालन गर्दा पनि दैनिक पाँच सय नमुना मात्र परीक्षण गर्न सकिन्छ,’ उनले भने, ‘प्रयोगशालाको संख्या वृद्धि गर्न आवश्यक छ।’  मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थालाई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि क्वारेन्टिन र आइसोलेसन व्यवस्था, पिसिआर प्रयोगशालाको स्थापना, परीक्षणका लागि आवश्यक किट र एम्बुलेन्समा सहयोग गर्न आग्रह गरेका छन्।

प्रकाशित: २२ जेष्ठ २०७७ ०५:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App