coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हङकङ मामिलामा नेपालद्वारा चीनको समर्थन

हङकङमा राष्ट्रिय सुरक्षा कानुनलाई लिएर लामो समयदेखि प्रदर्शन भइरहेका बेला नेपालले चीनको समर्थन गरेको छ।  

बुधबार परराष्ट्र मन्त्रालयले हङकङ मामिलामा प्रष्ट पार्दै चीनका पक्षमा रहेको जानकारी गराएको हो। मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालको तर्फबाट जारी गरिएको प्रष्टिकरणमा नेपाल एक चीन नीति प्रति प्रतिवद्ध रहेको बताउँदै हङकङ चीनको अभिभाज्य अंग रहेको र कानुनी व्यवस्था र शान्ति कायम गर्नु मुलुकको प्राथमिक दायित्व भएको जनाइएको छ। नेपालले कुनै पनि मुलुकको आन्तरिक मामिलामा अहस्तक्षेपकारी नीतिमा विश्वास गर्ने र हङकङमा कानुनी व्यवस्था बनाइराख्न चीनको प्रयासको समर्थन गर्ने जनाएको छ।  

हङकङ सरकारले नागरिकलाई मुख्य भूभाग चीनमा सुपुर्दगी गर्न सकिने विधेयक ल्याएपछि गत जुनबाट आन्दोलन सुरु भएको थियो। सरकारले उक्त विधेयक फिर्ता गरेपनि आन्दोलन जारी नै रहेको थियो। पछिल्लो पटक चीनले कानुनी व्यवस्था बनाइराख्न राष्ट्रिय सुरक्षा कानुनको प्रस्ताव गरिरहेका बेला आन्दोलन बढिरहेको छ। अमेरिका लगायतका पश्चिमा मुलुकहरुले हंङकङ मामिलामा आन्दोलनकारीहरुको समर्थन गर्दै आएका छन्।  

 

 

 

 

प्रकाशित: २१ जेष्ठ २०७७ १५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App