coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जेठ २५ सम्म कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प छैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ गते भित्र कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प नभएको बताएका छन्। एक विज्ञप्ति जारी गर्दै देउवाले कर तिर्ने ताकेता फिर्ता गर्न र समयावधि थप गर्न सरकारलाई आग्रह गरेका छन्।  

साना-ठूला व्यवसायीले लकडाउनका कारण भोगिरहेको चुनौतीलाई नजरअन्दाज गरेर करको लागि ताकेता नगर्न कांग्रेले भनेको छ। व्यवसायीका जटिलता सहजिकरण गर्न आवश्यक नीति निर्माण र राहतको विधि योजना ल्याउने दायित्व सरकारको भए पनि त्यसको न्योचित प्रवन्ध गर्न सरकारले नसकेको देउवाको आरोप छ। जेठ ३२ सम्म लकडाउन कायमै रहेको अवस्थामा कर तिर्न ताकेता गर्नु सरकारले बुझेर पनि बुझपचाउनु र नागरिकको पीडाप्रति असंवेदनशील बन्नु भएको देउवाले बताएका छन्।

 

प्रकाशित: २१ जेष्ठ २०७७ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App