coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘सरकारको घमण्डले कोरोना भित्रियो’

मुगुबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद झोवा बिकले प्रदेश सरकारको घमण्ड र कर्णाली भित्रिनेलाई सीमानाकामा चेकजाँच नगर्दा कर्णालीमा कोरोनाको जोखिम बढेको बताएकी छिन्। कर्णाली प्रदेश सभाको छैटौं अधिवेशनको सातौं बैठकमा बोल्दै उनले सरकारले पहिला होसियारी नअपनाउँदा कर्णालीमा कोरोनाको संक्रमण बढ्दै गएको बताएकी हुन्।

‘सरकारले पहिला यार्सागुम्बा भएको डाँडाकाँडाका मान्छे हाम्लाई कोरोनाले छुन सक्दैन भन्यो,’ उनले भनिन्, ‘तर सरकारको त्यही घमण्डले अहिले कोरोना भित्रियो, सीमामा चेकजाँच गरेर पठाएको भए धेरै रोग फैलिने थिएन।  

यस्तो संकटका बेला पिसिआरसहित चिकित्सक गाउँ जानुपर्ने उनको भनाइ छ। साथै प्रदेश सरकारले जोखिम कम भएका जिल्लामा विद्यालय खोल्ने निर्णय सही नभएको बताइन्। ‘यार्सा टिप्न जाँदा धेरै मान्छे मर्छन्,’ उनी भन्छिन्, ‘यस्तो बेलामा त झन् धेरै मर्छन्।’ विद्यालय खोल्दा बालबालिबालाई खतरा हुने उनको भनाइ छ।

प्रकाशित: २० जेष्ठ २०७७ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App