coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रुकुम घटनालाई हरेरे मात्र बस्यौं भने लाज पनि लजाउँछ : गगन थापा

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले संविधानले स्वतन्त्रता, समानता, आत्मसम्मान, बाँच्न पाउने हक, मर्यादित जीवन जिउन पाउने हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक र  दलितको हकका कुराहरु लेखिएपनि रुकुम घटनाले लज्जित बनाएको बताएका छन्।  

उनले विभिन्न कारण देखाएर घटना ढोकछोप गर्न खोजिए सैह्य नहुने चेतावनी दिए। ‘‘यस्ता अमानवीय र क्रुर घटनालाई भवितव्य हो भनेर देखाउन र सहायक कारणहरु देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको ढाकछोप गर्न गरिरहेको संगठित प्रयत्न र राज्यको लाचारीलाई यो संसदले टुलटुल हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ। अनुहारको दाग ऐना पुछेर जाँदैन तसर्थ। रुकुम घटना लगायत यो लक डाउनको अवधिमा जातिय विभेदके कारण ३२ भन्दा बढी दलितहरुको हत्या आत्महत्या बलात्कारको घटनाको छानबिन गर्न अबिलम्ब सर्वदलीय संसदीय छानबिन समिति बनाउन जोडदार माग गर्दछु। सदनले यो नबनाएसम्म हामी यो मागिरहने छौँ। न्यायको पक्षमा बोलिरहने छौँ। लडिरहने छौँ।’’ सांसद गौरी शंकर चौधरीले लक डाउनको कारण आत्महत्याको घटना बढिरहेको प्रति सरकारको ध्यानाकर्षण गराए। अझै विदेशबाट आउनेहरुको व्यवस्थापन गर्न सक्ने अवस्था नभएर आपराधिक घटनाहरु बढ्न सक्ने उनले बताए।  

 

 

 

प्रकाशित: १९ जेष्ठ २०७७ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App