coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसदमा जारेड डाइमन्डको पुस्तकको चर्चा

काठमाडौं प्रतिनिधिसभाको आइतबारको बैठकमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले दुई छिमेकी देशको सम्बन्धका विषयमा अमेरिकन जिओग्राफर जारेड डाइमन्डको पुस्तक पढ्न सुझाव दिएका छन् । नेपाल र भारतको सम्बन्ध बिँग्रदै गइरहेका बेला आफ्नो मुलुकको सार्वभौम सत्ता जोगाउन र छिमेकीसँगको सम्बन्ध सुधार्न यो पुस्तकलाई सन्दर्भको रूपमा लिन सकिने उनीहरूले बताएका छन् ।  

प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘दुई देशबिचको भू–राजनीतिलाई सन्तुलन गर्न स्पष्ट नीति बनाउनु पर्ने अवस्था आएको छ ।’ उनले जारेड डाइमन्डको ‘अपहेवल : हाउ नेसन्स कोप विथ क्राइसिस एन्ड चेन्ज’ भन्ने पुस्तकमा सातवटा देशहरूले कसरी आफ्नो संकटबाट पार गरे भन्ने उल्लेख भएको बताए । 

उनले भने, ‘अमेरिका, जापान, जर्मनी, फिनल्यान्ड, अस्ट्रेलियालगायत देशले संकटबारे कसरी पार गरे यो किताबमा उल्लेख छ ।’ डा. भट्टराईले रुसको उपनिवेशको रूपमा रहेको फिनल्यान्डलाई दोस्रो विश्वयुद्धताका स्टालिनले झन्डै रसियामा गाभेको प्रसंग उठाएका थिए । फिनल्यान्डले स्टालिनसँग र अन्य पश्चिमा देशसँग सन्तुलित समबन्ध राखेर कसरी आफ्नो देशलाई जोगाए भन्ने उदाहरण नेपालले पनि लिनुपर्ने डा. भट्टराइले बताए । 

कांग्रेस सांसद डा. रिजालले पनि जारेड डाइमन्डको अप हिवलको फिनल्यान्डलगायत बारेमा लेखेको पुस्तक सन्दर्भको रूपमा लिँदा उपयुक्त नै हुने बताए । उनले भने, ‘फिनल्यान्डबारे २५/३० पेज लेखिएको होला तर फिनल्यान्डलाई साँच्चै राम्रो अर्थमा हेर्ने हो भने ‘फ्रम ग्रान्ड डची टु अ मोर्डन स्टेट’ निकै मोटो किताब छ । तर फिनल्याण्ड र नेपाल हेर्यो भने फरक छ । फिनल्यान्डको छिमेकी रसिया मात्र छ तर हामी भारत र चीन दुइटैको बिचमा छौं ।’ ‘त्यति कल्पनाशीलताले नि पुग्दैन, तर जारेड डाइमन्डको किताब म पनि रिकमेन्ट गर्छु, त्यसले  हाम्रा लागि सोच्ने बाटो दिन्छ,’ उनले थपे ।

प्रकाशित: १९ जेष्ठ २०७७ ००:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App