१६ चैत्र २०८० शुक्रबार
राजनीति

संविधान संशोधन विधेयक आइतबार संसदमा टेवल हुने

सरकारले संसदमा दर्ता गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक आइतबारको प्रतिनिधिसभाको बैठकमा टेवुल हुने सम्भावित कार्यसुची तय गरिएको छ । संघीय संसद सचिवालयद्वारा जारी कार्यसूचीमा आइतबार ११ बजे बस्ने बैठमा विधेयक प्रस्तुत हुने उल्लेख गरिएको हो ।

कार्यसूचीअनुसार कानुनमन्त्री शिवमाया तुम्वाहाङफेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक , २०७७ ’ पेश गर्ने कार्यसूची रहेको छ। त्यसपछि उक्त विधेयकलाई बैठकमा पेश गरिनेछ । संशोधन प्रस्तावलाई पहिलो नम्बरमा राखिएको छ।सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि निशान छापमा रहेको नेपालको पुरानो नक्सा परिवर्तन गर्न प्रतिनिधिसभामा जेठ ९ गते शुक्रबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक दर्ता गरेको थियो । बुधबार २ बजे प्रतिनिधिसभा बैठकमा पनि कार्यसूचीमा राखेर त्यसलाई हटाइएको थियो ।

प्रकाशित: १७ जेष्ठ २०७७ १८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App