coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नियतको राजनीति नगर्न कांग्रेसको चेतवानी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको नियन्त्रणमा असफल सरकारलाई राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न चेतावनी गराएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले अरुलाई लाल्छना लगाउनभन्दा परिपक्व र जिम्मेवार पहलकदमी लिन आग्रह गरेको हो ।  

कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भूगोल नेपालको भू–भाग हुन् अतः कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र  नेपालको निर्वाध हक ती भू–भागमा कायम हुनुपर्छ भनने स्पट धारणा विगत देखिनै राख्दै दोहो¥याउँदै संसदमा पेस भएको संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइएको विषयमा आफ्नो दललाई जोडेको भन्दै असन्तुष्टी जनाएको छ ।  

सत्तारुढ नेपाल कम्युनिस्ट, सरकारका मन्त्री र मुख्यमन्त्रीहरुलाई कांग्रेसको धारणालाई तोडमरोड गरेर सम्प्रेषण नगर्न चेतावनी दिंदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ पार्र्टीका नेताहरुलाई आफ्नो पार्र्टीको विषयमा अभिव्यक्ति राख्न सुझाएका छन् । ‘एकातर्फ नेपाली कांग्रेसले ‘समय मागेको’ झुठको अभिव्यक्ति र अर्कातर्फ कांग्रेसको अनुरोधमा संशोधन प्रस्तावलाई कार्यसूचीबाट हटाइएको गोयबल्स शैलिको प्रोपोगन्डा प्रति हाम्रो गम्भीर आपत्ति छ,’ कांग्रेसले भनेको छ,‘यस्तो गतिविधिमा सामेल कम्युनिष्ट सरकारका केही मन्त्री र एक मुख्य मन्त्रीलाई नेपाली कांग्रेसको ‘सहायक प्रवक्ता’ नबन्न हामी चेतावनी दिन चाहन्छौं ।’

कांग्रेसले संविधान संशोधनका विषयमा गर्न गइरहेको पार्टीको आधिकारिक धारणाका बारेमा प्रश्न नउठाउन आग्रह गर्दै उसले भनेको छ,‘महत्वपूर्ण राष्ट्रिय बिषयमा साझा स्वामित्वबोध साथ नेपाली कांग्रेसले केन्द्रीय समितिबाटै निर्णय गर्न चाहंदा त्यसले संसदको प्रक्रियालाई असर पर्नु पर्ने कुनै कारण थिएन र छैन ।’

कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भूगोल समेटेर सरकारले सार्वजनिक गरेको नक्साका पक्षमा कांग्रेस रहेको जानकारी सर्वदलीय बैठक मार्फत दिई सकिएको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्न पार्टी केन्द्रीय समिति बोलाएको जनाएको छ । त्यसका लागि शनिबार १ बजे केन्द्रीय समितिको बैठक बोलाएको प्रवक्ता शर्माले जानकारी दिए । ‘आजको राष्ट्रिय एकताको भावनालाई दलहरूको संस्थागत निर्णय एवं आपसी एकता र विश्वासको भावनाले मजबुत तुल्याउन सकिन्छ,’ उनले भने, ‘राष्ट्रिय एकताको बलमा नै सिमा सम्बन्धि प्रश्नको हल गर्न हाम्रो कुटनैतिक र राजनैतिक पहलकदमिलाई सबल बनाउन सकिन्छ भन्ने कांग्रेसको प्रष्ट धारणा रहेकोे छ ।’

बितेको डेढ साताको अवधिमा सरकारको कमजोर तयारीका कारण कोरोनाको संक्रमण तीब्र विस्तार भएको आरोप लगाउँदै अर्कातर्फ सिमा सम्बन्धि प्रश्नमा अनुचित राजनैतिक प्रोपोगन्डाको बाटोमा सत्ता पक्ष संलग्न रहनु दुःखद भएको जनाएको छ । ‘कोरोनाको विश्वब्यापी महामारी संग संघर्ष गरिरहंदा नेपाल देशले राष्ट्रियताको मुद्दामा पनि गम्भीरता र एकता राख्ने अनि एक्यवद्ध ढंगले समाधानको पहल र सामथ्र्य प्रस्तुत गर्नुपर्ने दायित्व क्रममा छौं हामी,’ कांग्रेसले भनेको छ, ‘कांग्रेस यी दुवै प्रश्नमा संयम र जिम्मेवारी साथ कार्य गरिरहेको छ । तर नेपाल सरकारको भूमिका दुवै बिषयमा गम्भीर प्रश्नको घेरामा देखिनु दुःखद छ ।’ 

प्रकाशित: १६ जेष्ठ २०७७ ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App