४ वैशाख २०८१ मंगलबार
राजनीति

तीन महिना नपुग्दै स्वास्थ्य सचिव फेरिए

जेठ १५ सरकारले तीन महिना नपुग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको सरुवा गरेको छ । मन्त्रीपरिषदको सोमबार बसेको बैठकले स्वास्थ्य सचिव यादवप्रसाद कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा गरि लक्ष्मण अर्याललाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो । 

यसअघि सरकारले गत फागुन १८ गते कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको थियो । स्वास्थ्य मन्त्रालया सरुवा भएका अर्याल यसअघि प्रधानमन्त्री कार्यालयमा सचिव थिए । लामो समय अर्थ मन्त्रालयमा विताएका अर्यालले नक्कली भ्याट विल छानविन र काठमाडौं महानगरपालिकामा केही सुधारका काम गरेका थिए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा आलोचना भएपछि सरकारले स्वास्थ्य सचिवको सरुवा गरेको एक मन्त्रीले बताए ।

प्रकाशित: १५ जेष्ठ २०७७ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App