८ वैशाख २०८१ शनिबार
राजनीति

आज लकडाउनको ६५ औं दिन

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनको आज ६५ दिन पुगेको छ। सरकारले गत चैत ११ गते यता जारी गरेको लकडाउन जेठ २० गते सम्मका लागि लम्ब्याएको छ।  

लामो समय लकडाउन हुँदा जनजीवन प्रभावित भएपनि लकडाउनको पालना भने भएको छ। काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको आवागमन न्यून छ। अत्यावस्यक सेवाका सवारीसाधन, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायत प्रशासनबाट पास लिएकाहरुको सवारी साधन भने सञ्चालनमा आएका छन्।  

प्रहरीले सवारीसाधनको जाँचलाई कडाई पारेको छ। अत्यावस्यक सेवा र पास बाहेकपनि सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ। पछिल्लो समय कोरोना भाइरस संक्रमणको संख्या बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाई गरेको छ। उपत्यकाका मुख्य सडक बाहेक भित्रि सडकमा पनि लकडाउनको पालना भएको पाइएको छ। खाद्यान्न तथा तरकारीका पसलहरु बिहान र साँझको समयमा खुल्ने गरेका छन्। मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर खाद्य सामग्री किनमेल गर्ने गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार (मन्त्रालयको वेबसाइटमा उल्लेख भए अनुसार) बुधबार दिउसो (१२बजे) सम्म कुल संक्रमितको संख्या ७ सय ७२ रहेको छ। यस्तै यो अवधिसम्म १ सय ५५ जना निको भएका छन् भने चार जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म कुल ५४ हजार ४ सय २४ पीसीआर प्रविधिबाट परीक्षण भएको छ। देशभर ५ सय ८२ जना आइसोलेसनमा रहेका छन् भने ५५ हजार २ सय ८२ जना क्वारेन्टाइनमा रहेका छन्।

 

प्रकाशित: १४ जेष्ठ २०७७ ०७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App