७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश १ः बजेट अधिवेशन आजदेखि

कोरोना संकटको लामो समयसम्म आफै आइसोलेटेड बनेको प्रदेश १ संसद छैटौं तथा बजेट अधिवेशनमार्फत आजदेखि सक्रिय हुँदैछ। चैत ६ को बैठकपछि प्रदेशसभा बैठक रोकिएको थियो।  त्यहीबेलादेखि कोरोना कहर पनि सुरु भयो। तर, त्यही संकट मा प्रदेशसभा, विषयगत समितिहरु निष्क्रिय रहे। केही समययता भने समितिहरुले सक्रियता देखाउन थालेका थिए।  

संकटका समयमा समितिहरुसमेत सक्रिय हुन नसक्दा प्रदेशको सर्वोच्च जनप्रतिनिधिमुलक सस्था आलोचित बनेको थियो। मुख्य विपक्षी दल काङ्ग्रेस प्रमुख सचेतक केदार कार्की कोरोना संकटमा रचनात्मक भुमिका निर्वाहमा सदन चुकेको बताउँछन। ूकोरोनाका कारण हिउँदे अधिवेशन सकिएको थियो, त्यस्तो बेलामा समितिहरुको सक्रियता जरुरी हुन्थ्योू उनले भने ू तर, त्यसो हुन सकेन। अहिले संकट जारी छ। अब सदनले प्रभावकारी बन्नुपर्छ।ू  

आज दुई बजे सुरु हुने अधिवेशनको पहिलो दिन दुइटा बैठक हुँदैछ। पहिलो बैठकमा सबै दलका नेताहरूले सम्बोधन गर्नेछन। दोस्रो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले पुर्व बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्ने कार्यसुची छ।  

यसपटक दुई वटा हलबाट संचालन हुनेछ। हाल प्रदेशसभा रहेको भवनको बैठक कक्ष साँघुरो हुने र दुरी कायम गर्न असम्भव हुने भएपछि सोही भवनको माथिल्लो तलामा रहेको नेकपा संसदीय दलको कार्यालय हललाई पनि बैठक कक्षको रुपमा प्रयोग गरिदैछ।

प्रदेशसभाको पाँचौ तथा हिउँदे अधिवेशन चैत ६ को बैठकपछि कोरोना त्रासले स्थगित भएको थियो। त्यसयता एउटै पनि बैठक नभई अधिवेशन अन्त्य भएको थियो।  

यसबीचमा संसदीय समितिहरु समेत निष्क्रिय रहेका थिए। प्रदेशसभाले प्रदेश राजधानी विराटनगरलाई बनाउने प्रस्तावसहित ४४ वटा विधेयक पारित गरिसकेको छ। पाँचौ अधिवेशनबाट प्रदेशको नामकरण गर्ने योजना बनाए पनि कोरोनाका कारण अधिवेशन अन्त्य गर्नुपर्ने भएपछि नामकरण रोकिएको छ।

प्रकाशित: १४ जेष्ठ २०७७ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App