७ वैशाख २०८१ शुक्रबार
राजनीति

रुकुम पश्चिम घटनाको निष्पक्ष छानविन गर्न साझा पार्टीको माग

साझा पार्टीले रुकुम पश्चिमको घटनालाई छानविन गर्न माग गरेको छ। पार्टीका संयोजक रवीन्द्र मिश्रले एक विज्ञप्ती जारी गर्दै रुकुम पश्चिममा हत्याकाण्ड मानवनताविरुद्धको बर्बर अपराध भएको बताएका छन्।  

रुकुम पश्चिममा आफ्नो प्रेमिकासँग बिहे गर्न गएका भनिएका एकजना दलित युवा नवराज विश्वकर्मा र उनका दुईजना साथीहरूको हत्या भएको थियो। सो घटनामा थप पाँच जना बेपत्ता भएको र पाँच जना घाइते भएको बताइएको छ। सत्तारूढ दलको वडा अध्यक्षसमेत आक्रमणमा संलग्न भएको समाचार झनै चिन्ताजनक भएको विज्ञप्तिमा उल्लेख छ।  

'घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको त छ, तर घटनालाई सामसुम पार्न राजनीतिक सकृयता बढेको चर्चा चलिरहँदा छानबिन समिति राजनीतिक प्रभावबाट मुक्त होस् भनी साझा पार्टी खबरदारी गर्दछ' जारी विज्ञप्तिमा भनिएको छ।

 

 

प्रकाशित: १३ जेष्ठ २०७७ १२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App