coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रुकुम घटनाबारे गृहमन्त्रीको जवाफ : राजनीतिकरण हुन दिँदैनौ, दोषीलाई कारवाही हुन्छ

गृहमन्त्री रामबहादुर थापाले रुकुमको जातिय हिंसामा संलग्न भनिएका वडा अध्यक्ष लगायत १२ जना प्रहरी हिरासतमा नै रहेको स्पष्ट पारेका छन्।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा रुकुम पश्चिममा भएको जातिय हिंसाको घटनामा युवती सहित उनका बुबा,आमा , वडा अध्यक्ष डम्बर बहादुर मल्ल, घटनामा प्रत्यक्ष संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुन मगर, रमेश मल्ल सहित १२ जनालाई प्रारम्भीक अनुसन्धान र सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।  

किटानी जाहेरी नआएको भन्दै घटनामा संलग्न वडा अध्यक्षलाई छोडिएको भन्ने सांसदहरुको प्रश्नमा उनले अहिलेसम्म वडा अध्यक्ष प्रहरी हिरासतमा नै रहेको स्पष्ट पारे। उनले घटनाको सत्य तथ्य छानविन गरि राय सहितको प्रतिवेदन पेस गर्नका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको तथा समितिलाई दुई हप्ता भित्र छानविन गरेर प्रतिवेदन दिन निर्देशन दिएको पनि सदनलाई जानकारी गराए। उनले छानविनपछि प्रतिवेदनका आधारमा दोषीलाई कडा कारवाही गरिने तथा पीडीतलाई क्षतिपुर्ति उपलब्ध गराउने बारेमा राज्यले सोच्ने स्पष्ट पारे। गृहमन्त्री थापाले घटनाको छानविनमा राज्यको तर्फबाट कुनै पनि राजनीतिकरण नहुने प्रतिवद्धता पनि जनाए।  

उनले घटनाका सम्बन्धमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारवाही गरि कानुनी राज्यको स्थापना गर्नै प्रतिवद्धता पनि जनाए। समाजमा अन्तरनिहित चिन्तन अन्त्य संगै जातिय उत्पीडन पनि अन्त्य हुने भन्दै उनले निम्न बर्गमाथि हुने श्रृंखलावद्ध उत्पीडनको अन्त्यका लागि कानुन कार्यान्वयनलाई प्रभावकारी बनाईने बताए।  

 

 

प्रकाशित: १३ जेष्ठ २०७७ १२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App