coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रुकुम घटनाको विरोधमा माइतीघरमा प्रदर्शन

पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ।  घटनाको निष्पक्ष छानबिनको माग गर्दै मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रर्दशनमा नेपाली कांग्रेसका पूर्व सांसद राजिवविक्रम शाही र दलित आयोगका पूर्वसदस्य मञ्जित ताम्राकार लगायतको उपस्थिति रहेको थियो। अहिलेको २१ औं शताब्दीमा पनि जातिय विभेदका नाममा हुने यस्ता अमानवीय घटनाहरुको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्नुपर्ने माग उनीहरुले गरेका छन्। दलित आयोगका पूर्व अध्यक्ष ताम्राकारले मृतकलाई शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्ने र पीडकलाई कडा कारवाही गर्नुपर्ने बताए।  

पूर्व सांसद राजीव विक्रम शाहीले राज्यका हरेक निकायमा सम्पूर्ण जातजातिको समान सहभागिता हुनेगरी संविधानमा उल्लेख भएपनि अझै समुदायस्तरमा चेतनाको कमिका यस्ता घटनाहरु हुने गरेको बताए। ग्रामिण क्षेत्रमा जातिय विभेद विरुद्धका अभियानहरु सरकारले सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गरे।

शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हामफाल्दा मृत्यु भएको छ। तीन जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन्।

 

प्रकाशित: १३ जेष्ठ २०७७ १२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App