coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सामाजिक रुपान्तरणका लागि इच्छुकको योगदान महत्वपूर्ण

प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिएको योगदान महत्वपूर्ण भएको जनाएको छ। इच्छुकको १८औँ स्मृति दिवसका अवसरमा सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले आज जारी गरेको विज्ञप्तिमा जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आर्दश व्यक्तित्व ‘इच्छुक’ प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिएको छ।  

सङ्गठनले कोरनो भाइरसबाट बच्न जारी बन्दाबन्दीका अवस्थामा उनको स्मृतिमा प्रदान गरिने केन्द्रीयस्तरको पुरस्कार पछि वितरण गरिने जनाएको छ। विसं २०१३ कात्तिक ३ दिने जन्मिएका  ‘इच्छुक’ २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमा मारिएका थिए। उनका शोकाञ्जलि (२०४८), इतिहासको यस घडीमा (२०५६) बन्दी र चन्द्रागिरि (२०५८) आदि कृति प्रकाशित छन्। सङ्गठले मातहतका कमिटीका हकमा भने सम्भव भएमा नेपाल सरकारले लागू गरेको बन्दाबन्दीको नियमलाई पूर्णपालना गर्दै रचनात्मक कार्यक्रम आयोजना गरेर स्मृति दिवस मनाउन आग्रह गरेको छ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App