८ वैशाख २०८१ शनिबार
राजनीति

घुस रकम उठाएर फर्कदा पक्राउ परेकी बन अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले घुस उठाएर काठमाडौं आउँदै गरेको अवस्थामा पक्राउ परेकी डिभिजन बन कार्यालय दोलखामा कार्यरत डिभिजन बन अधिकृत सन्तमाया श्रेष्ठ विरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेको छ।  

काठ व्यापारीहरुसँग २ लाख ३ हजार ५ सय रुपैयाँ घुस लिएर सरकारी गाडीमा काठमाडौं आउँदै गरेको अवस्थामा पक्राउ परेकी श्रेष्ठलाई अख्तियारले आइतबार विशेष अदालतमा मुद्धा दायर गरेको हो। कार्यालयबाट सेवा लिएर काठ व्यावसायीहरुसँग विभिन्न बहानामा रकमको बार्गेनिङ गरि घुस लिएर काठमाडौं आउँदै गरेको जानकारी पाएपछि अख्तियारबाट खटिएको टोलीले पक्राउ गर्दा साथबाट २ लाख ३ हजार ५ सय रुपैयाँ बरामद भएको थियो।  

व्यावसायीहरुलाई प्रभावमा पारेर घुस लिएको पुष्टि भएकाले उनलाई सोही बमोजिमको विगो र हदैसम्मको सजायँ माग गर्दै मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

 

प्रकाशित: ११ जेष्ठ २०७७ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App