५ वैशाख २०८१ बुधबार
राजनीति

राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने

फाइल तस्बिर।

राष्ट्रियसभाको सोमबारका लागि तय गरिएको बैठक मङ्गलबारका लागि सारिएको छ। सोमबार मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक स्थगन गरी मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय गरिएको हो।  

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति तय गर्नुभएको हो। सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले एक सार्वजनिक सूचनामार्फत उक्त कुराको जानकारी दिनुभयो। सिंहदरबारस्थित राष्ट्रियसभाको अध्यक्षको कार्यकक्षमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले त्यससम्बन्धी निर्णय गरेको थियो। मुस्लिम समुदायको महान् पर्व इदुल फित्र परेको र सो अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको हुनाले नियमावलीअनुसार सूचना टाँस गरी जेठ १३ गते ११ बजेका लागि बैठक तोक्ने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निष्कर्ष निकालेको थियो।  

यस्तै, नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा सङ्घीय संसद्को लोगो (प्रतीक) र राष्ट्रियसभाका माननीय सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णयसमेत बैठकले गरेको छ। साथै सङ्घीय संसद्का दुवै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउने र त्यसका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निष्कर्ष निकालिएको थियो। राष्ट्रियसभा नियमावली, २०७५ को नियम २२१ बमोजिम माननीय सदस्यको पोशाक र सङ्घीय संसद्को प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोकेबमोजिम हुने व्यवस्था रहेको छ।

प्रकाशित: ११ जेष्ठ २०७७ १०:१८ आइतबार

राष्ट्रियसभा