coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपा सचिवालयको बैठकमा रावल र ज्ञवाली पनि सहभागी, एमसीसीबारे छलफल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। आगामी आर्थिक बर्षको बजेट ल्याउन पूर्व सन्ध्यामा नेकपाको सचिवालय बैठक बसेको हो। बैठकमा पछिल्लो राजनीतिक परिस्थित र संविधान संशोधनको लगायतका विषयमा छलफल हुने भएका छन्।  

भारतले अतिक्रमण गरेर कब्जा गरेको नेपाली भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न विधेयक संसद सचिवायमा दर्ता समेत गरिसकेको अवस्थामा बैठकमा सो विषयले प्राथमिकता पाउनुका साथै अमेरिकी सहयोग नियोय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बारेमा पनि छलफल हुन भएको छ। बैठकमा स्थायी कमिटी सदस्य भीम रावल र प्रदीप ज्ञावालीलाई पनि बोलाइएको छ।

 

प्रकाशित: १० जेष्ठ २०७७ ११:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App