८ वैशाख २०८१ शनिबार
राजनीति

भ्रष्टाचार आरोपमा सहायक रथी र कर्णेल हिरासतमा

नेपाली सेनाले भ्रष्टाचार गरेको आरोपमा एक जना सहायक रथी (ब्रिगेडियर जनरल) र महासेनानी (कर्णेल) लाई हिरासतमा लिएको छ।   सहायकरथी प्रयोगजंग राणा र महासेनानी नविन सिलवाललाई वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा हुँदा कोष दुरुपयोगका आरोपमा छानबिनका लागि नियन्त्रणमा लिएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ। राणा दुई वर्ष अघी त्यहाँको केन्द्रपति हुँदा कोषको रकम अनियमित तरिकाले दुरुपयोग गरेको आरोप छ।

राणामाथि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा हुँदा पनि अनियमितता गरेको आरोप लागेको छ। तथापि अहिले दुवै जनालाई पाँचखालमा गरेको आर्थिक अनियमितताको छानबिनका लागि नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ। उनीहरुलाई त्रिपुरेश्वरस्थित राष्ट्रिय सेवादलको ट्रान्जिट क्याम्पमा राखेर अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ।

उनीहरुमाथि छानबिनका लागि कोर्ट अफ इन्क्वायरीको तयारी भइरहेको छ। कोर्टफ इन्क्वायरीले छानबिन पछि उनीहरुलाई दोषि ठहर गरेर कारबाहीका लागि सिफारिस गरेमा समरी जनरल सैनिक अदालतमार्फत उनीहरुमाथि लागेको मुद्दाको फैसला हुनेछ। त्यसपछि प्रधानसेनापतिको अनुमतिमा उनहरुलाई कारबाहीको फैसला सुनाइने छ।

सेनाले हालैमात्र सैनिक आवासिय महाविद्यालय भक्तपुरमा आर्थिक अनियमितता गर्ने महासेनानी (फुल कर्णेल)  भुपालमान अधिकारी, प्रमुख सेनानी देव बहादुर क्षत्री, लेखा सहसेनानी  सुरेन्द्र विक्रम भण्डारी, हुद्धा यज्ञराज पोखरेल र हुद्धा गणेशबहादुर अधिकारीलाई कारबाही गरेको थियो।  

महासेनानी अधिकारीलाई दुई महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य (न) नठहरीने गरी सेवाबाट हटाउने निर्णय गरेको थियो भने उनले गैर कानूनी रुपमा आर्जन गरेको विगो रकम एक करोड पचासी लाख चालीस हजार एक सय आठ रुपैया एघार पैसा असुल उपर गर्ने निर्णय गरेको छ।  

 

प्रकाशित: १० जेष्ठ २०७७ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App