२३ जेष्ठ २०७७ शुक्रबार
राजनीति

राष्ट्रपति, प्रधानमन्त्री र देउवालाई नयाँ नक्सा हस्तान्तरण

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपालको  अद्यावधिक  नक्सा राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेकी छन्।  

अर्यालले शुक्रबार  राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गरेकी हुन्।  

यसैगरी उनले प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेकी छन्।    

जेठ ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा स्वीकृत गरेको थियो ।त्यसपछि बिहिवार भूमि व्यवस्था, मन्त्रालयले औपचारिक रुपमा नक्सा सार्वजनिक गरेको हो।

 

प्रकाशित: ९ जेष्ठ २०७७ २१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App