coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी नेतृत्वको सरकारद्वारा चक्काजाम गराउने २३ माओवादी पक्राउ

काठमाडौं, भदौ १६ (नागरिक)- माओवादी क्यान्टोन्मेन्टमा रहेका हतियारको साँचो विशेष समितिलाई बुझाएको विरोधमा एकीकृत नेकपा माओवादी वैद्य समूहले गरेको चक्काजामका क्रममा २३ जना पक्राउ परेका छन्। यो समूहले बिहान साँढे ९ बजेदेखि एक घन्टाका लागि चक्काजाम घोषणा गरेको थियो। त्यस क्रममा जबर्जस्ती गर्न खोजेको आरोपमा मोरङको विराटनगरमा २३ जनालाई पक्राउ गरेको प्रहरीले बुलेटिनमा जनाएको छ।

यसैगरी काठमाडौंको चाबहिल, कलङ्की, नयाँ बानेश्वरसमेत १० ठाउँ, ललितपुरको लगनखेलसमेत ३ ठाउँ र भक्तपुरको सल्लाघारीमा पूर्व घोषित कार्यक्रमअनुसार चक्काजाम गरी १०:३० बजे समाप्त भएको थियो।

साथै मोरङ, काभ्रे, नुवाकोट, बैतडी, डोटी, धनुषा, सिन्धुली, गोर्खा, बाग्लुङ, रुपन्देही, कास्की, पाल्पा, पर्बत, कपिलवस्तु, स्याङ्जा र नवलपरासीलगायतका जिल्लाहरुमा सोही समयमा १ घण्टा चक्काजाम भएको प्रहरीले जानकारी दिएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिँदै पक्राउ गरेकालाई छाडिसकिएको पनि जनाएको छ।

प्रकाशित: १६ भाद्र २०६८ ०६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App