१६ चैत्र २०८० शुक्रबार
राजनीति

एकको सचिवमा बढुवा, पाँचको सरुवा

सरकारले एक सहसचिवलाई सचिवमा बढुवा गरेको छ भने पाँच सहसचिवलाई सरुवा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सहसचिव गोकर्णमणि दवाडीलाई सचिवमा बढुवा गरेको हो । शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले अनिवार्य अवकाश पाएसँगै रिक्त हुन गएको सचिव पदमा बाग्मती प्रदेशक सामाजिक विकास मन्त्रालयमा सचिवको रूपमा कार्यरत सहसचिव दवाडीलाई बढुवा गरिएको हो ।  

यसैगरी बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत पाँच सहसचिवको सरुवा गरेको छ । बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव शेषनारायण पौडेललाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक दीप काफ्लेलाई बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूमिराज शर्मालाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ ।  

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद लम्साललाई बाग्मती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ भने प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेललाई सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको छ । सरकारले वरिष्ठ सहसचिवहरूलाई प्रदेशका विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी दिँदै आएको छ । 

प्रकाशित: ५ जेष्ठ २०७७ २२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App